Worldlink Communications

सम्झौताप्रति प्रस्ट छ -लिपुलेक नेपालको अभिन्न अंग हो

भदौ ५, काठमाडौँ

नेपाली भूमी लिम्पियाधुरा लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका बिषयमा परराष्ट्र प्रवक्ताको जवाफ नेपालले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

बुधबार सार्वजनिक परराष्ट्र प्रवक्ताको जवाफमा भनिएको छ- ‘नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार प्रष्ट भएको बताएको छ।

परराष्ट्र प्रवक्ताको जवाफमा नेपाल र भारतबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सधैँ तयार रहेको प्रतिबध्दता पनि दोहोऱ्याइएको छ ।

‘नेपाल-भारतबिच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ,’ परराष्ट्र प्रवक्ताको जवाफमा बताइएको छ ।

भारत र चीनबिच बुधबार भएको यो सहमति नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको छ । जसले सीमा विवादलाई पुनः बहसमा ल्याएको छ । नेपालले आफ्नो भू-भागमा छिमेकी मुलुकहरूले आफूलाई नसोधी कुनै पनि सहमति गर्न नहुने अडान राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्: