Worldlink Communications

धौलागिरी मा.बि. द्वारा विधार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने कार्यक्रम सम्पन्न

भदौ ८, पोखरा

धौलागिरि माध्यमिक विद्यालयको वार्षिक भित्तेपात्रो अनुसार आज आइतवार विद्यार्थीहरु आफ्नो अन्तर्निहित खुला प्रतिभाको प्रस्फुटन गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको कक्षा ४ देखी १२ सम्मका ७२ जना विद्यार्थीले आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए। कार्यक्रम कक्षा ४ र ५, कक्षा ६ र ७, कक्षा ८ र  ९ र कक्षा १० देखी १२ सम्म गरी चार चरणमा सम्पन्न गरिएको थियो ।

कक्षा ४/५ बाट प्रथम पुरस्कार अंजली सुनार, द्वितीय पुरस्कार आरुशा नेपाली र बिमिशा खड्का तृतीय पुरस्कार अंशु कुवर र समृद्धि परियार ले पाएका छन भने सान्त्वना पुरस्कार अनुश्का छेत्री ,समिक्षा पुन र बिपस्वी साप्कोटा पाएका छन्।

कक्षा ६/ ७ बाट प्रथम पुरस्कार माधवी पौडेल, द्दितिय पुरस्कार सिवानी बि. क.को समुह ,तृतीय पुरस्कार शुक्रिया बि.क.को समुहले पाएका छन भने सान्त्वना पुरस्कार अमिसा कुवर र आकांक्षा बि.क ले पाएका छन्।

८/९ बाट प्रथम पुरस्कार एन्जल बुढाथोकी को समुहले  पाएका छन् द्दितिय पुरस्कार एलिना सुनार र जस्मिता सुनारले पाएका छन तृतीय पुरस्कार कन्चन कुवर को समुहले पाएका छन त्यस्तैगरी सान्त्वना पुरस्कार कृशा गुरुङ पाएका छन।

१० देखि १२ सम्म प्रथम पुरस्कार रेश्मा सुनारले पाएका छन भने द्वितीय पुरस्कार समिक्षा बि.क ले पाएका छन, तृतीय पुरस्कार दिपिशाले पाएका छन

विद्यार्थीहरुको अन्तर निहित क्षमता प्रदर्शन गर्ने क्रममा प्रथम, द्वितिय, तितीय र सान्तवना भएका विद्यार्थीहरुको नतिजा घोषणा गरिएको थियो।

विद्यालयका सहप्राचार्य चन्द्रकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको थियो। विद्यालयका प्राचार्य शिव बहादुर रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाइ अतिरिक्त क्रियाकलापका विभागीय प्रमुख कमलबहादुर अधिकारीले भव्य र सभ्य रुपले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय  संगीत कर्मी संघ कास्कीका अध्यक्ष  साथै विद्यालयका संगीत शिक्षक सुनिल गायक  र शिक्षिका सरस्वती भण्डारी  निर्णायकको भुमिकामा रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: