भदौ १२, पोखरा
लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा उधोग ब्यबसायीका नेताहरु घरदैलोमा भोट माग्ने अभियानलाइ तिब्र पारेका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने साधारण सभा तथा १५औं अधिवेशनमा अध्यक्षको उमेद्ववार जानुका पराजुली अधिकारीको नेतृत्व भोट माग्दै उम्मेद्वारहरु घरदैलो अभियानलाइ तिब्र पारेका छन ।
जानुका पराजुली अधिकारीको प्यानल “इमान्दारिता पारदर्शिता लगनशीलता र व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने नारा साथ चुनाबी अभियानमा होमिएको छ ।लेखनाथ उद्योग वाणिज्य सङ्घको २०७२ सालदेखि विभिन्न पदमा रही जिम्मेवारी सम्हाल्दै अहिले संस्थाको महा सचिव समेत रहेकी जानुका पराजुली अधिकारीको टिमलाई बलियो टिमको रुपमा व्यवसायीहरुले हेरेकोले हाम्रो जित सुनिश्चित देखिएको छ भन्नुभयो।
घर दैलोको क्रममा ब्यबसायीहरुले फरक नेतृत्व चाहेको र विशेषगरी महिला उम्मेदवार भएको र उहाँले नेतृत्व गरेको टिमप्रति व्यवसायी हरूले देखाएको माया र आत्मियता देखेर जानुका पराजुली अधिकारीको टिमले चुनाब जित्ने दाबी गरेका छन् । बिगतदेखिनै संघको बिभिन्न पदमा बसेर राम्रो जिम्मेवारी पुरा गरेरै आएको नेतृत्वको कारणले पनि ब्यबसायीले यो टिमलाई जिताउनुपर्छ भनेर लागेको व्यवसायीहरू बताउनुहुन्छ।
वरिष्ठ उपाध्यक्ष का उमेदवार गोपीचन्द्र बास्तोलाले रुपा गाउँपालिका र मादि गाउँ पालिका मा रहेर व्यापार व्यवसाय गर्ने व्यक्तित्वहरू लाई समेट्ने र स्थानीय रुपमा उत्पादन हुने विभिन्न वस्तुहरूको उत्पादनमा Made in Nepal जस्ता प्रतिबद्धता व्यवहारमै पूरा गर्ने गरी यो टिम आएको हुनाले पनि सबैको साथ सहयोग पाउनेमा हुनाले हाम्रो जित सुनिश्चित छ भन्नुभयो।
घरदैलोको क्रममा बुँदागत प्रतिबद्धताहरू सहित स्थानीय कृषिका उत्पादन, हस्तकला र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना रहेको प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले जानकारी दिनुभयो ।
महासचिव पदका उम्मेदवार भरत राज ओझाका अनुसार सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने बताउनुभयो । लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएकोले त्यसका लागि इमान्दारिताका साथ अगाडि बढ्न सक्ने टिम भएको हुनाले पनि हाम्रो प्यानलले जित्ने दाबी गर्नुभयो।
घोषित टिममा अध्यक्षमा जानुका पराजुली अधिकारी, वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, दितिय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई आईडि, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् ।
यस्तै, खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने र दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी रहेका छन् । एसोसिएट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार रहेका छन् ।






प्रतिक्रिया