इन्डोनेसियामा संसद को तलब वृद्धि विरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु संसद भवनमा आगजनी

भदौ १६, पोखरा
इन्डोनेसियाको राजधानी जाकर्ता मा सांसदहरूको तलब बढाउने निर्णय विरुद्ध हिंसात्मक प्रदर्शन चर्किएको छ।
राष्ट्रपति प्रवोबो शुभयान्तोले प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा व्यवस्थालाई कडा पारेको छन्। प्रदर्शनकारीले शुक्रबार राति मकासर सहरको क्षेत्रीय संसद भवनमा आगजानी गरेका छन् भने इन्डोनेसियाली प्रहरीले पाँच जना सर्वसाधारण र एकजना मोटरसाइकल सवार डेलिभरी बोयलाई ठक्कर हत्या भएपछि झन् ठूलो हिंसा मच्छिएको छ।
आफ्नो देशमा अशान्ति फैलिरहेको कारण देखाउँदै इन्डोनेसियाली राष्ट्रपतिले आफ्नो चिन भ्रमणलाई समेत रद्द गरेका छन्। आफ्नो देसको शान्ति सुव्यवस्था र परिस्थिति नराम्रोसँग भड्किएको हुनाले यसलाइ व्यवस्थापन गर्नुपर्ने महत्त्वपूर्ण कार्य भएको हुनाले चीन सरकारले गरेको निमन्त्रणामा आउन नसकेकोमा माफी मागेका छन्।
डेलिभरी बोय सहित छ जनाको मृत्यु भएको विषयमा सात सरकारी अधिकारीलाई हिरासतमा लिएको छन् भने प्रदर्शनमा २०० भन्दा बढी मानिसहरु घाइते भएका छन्। राष्ट्रपतिले नागरिकलाई शान्ति कायम गर्न अनुरोध गरेका छन् भने दोषीलाई छानबिन गर्ने र मृतकका परिवारलाई सहयोग गर्ने बताएका छन्।
प्रदर्शनकारीले इन्डोनेसियामा बढ्दो महङ्गी बेरोजगारीले आम मानिसको जीवन झन् भन्दा झन् कठिन बन्दै गएको भन्दै सरकारले आउटसेडिङ बन्द गर्नुपर्ने तलब बढाउनुपर्ने रोजगारी कटौती रोक्नु पर्ने र कर नियममा सुधार गर्नुपर्ने माग राखेर अगाडि बढेका छन्न्।
इन्डोनेसियाको मानव अधिकारवादीहरूले प्रहरीले एकतर्फी क्रुरतापूर्वक जनतामाथि मानव अधिकार उल्लङ्घन हुने गरी ज्यानै मार्ने काम गरेको दोष लगाएको छ भने प्रहरीले रबरका गोली मात्र ठोकेको भएपनि सक्कली गोली समेत प्रयोग गरेको बताएका छन्।