श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि को वार्षिक साधारण सभा सम्पन्न

भदौ २१, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुनचौरमा रहेको श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि को ३३औ वार्षिक साधारण सभा तथा ३३औ स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ।
श्री भारती भवन मा वि को प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चेतनाथ गौतम ले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड न. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो।
प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले पानसमा बत्ती र ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीहरूको बारेमा उल्टो सुल्टो कुरा गरिरहेको यो समाजमा एउटा विश्वासिलो खम्बाको रुपमा आफूलाई अड्याउँदै सारागर्वित रूपमा अगाडि बढिरहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जीवनका उकाली ओरालीहरूमा धेरै अप्ठ्यारा परिवेशहरु पार गर्दै आजसम्म आइपुग्दा साँच्चै सहकारी यस्तो हुँदो रहेछ भनेर चिन्न र चिनाउन को लागि महत्वपूर्ण शिक्षा दिइरहेको छ भन्नुभयो।संस्थामा जिम्मेवार रुपमा काम गर्दै आउनुभएका समिति उपसमिति र संस्थामा कार्यरत कर्मचारीहरू सबै यस विषयमा प्रशंसाको पात्र हुनुहुन्छ भने उहाँहरूको सचेतना मूलक सोचले गर्दा नै जनसेवा बचत तथा ऋण सहकारी संस्था अब्बल र अगाडि देखिन्छ भन्नुभयो।
यसैगरी यस वडाभित्र रहेका अन्य सहकारीहरु राम्रा छन् यद्यपि जनसेवा बचत तथा ऋण सहकारीको स्थान अझ राम्रो भएको हुनाले यस संस्थाका राम्रा कुराहरुलाई मध्यनजर गर्दै अन्य सहकारीहरू पनि अगाडि बढ्न सकेमा साँच्चैनै सहकारी जनताको सहकारी बन्न सक्ने, आफ्नो सहकारी बन्न सक्ने र मेरो सहकारी बन्न सक्ने हुनुपर्छ भन्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले सहकारीको बारेमा सबै सदस्य हरू उत्तिकै जिम्मेवारी हुनुपर्ने सबै सचेत हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य जगन्नाथ अधिकारी ले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो त्यस्तैगरी संस्था का उपाध्यक्ष विष्णु प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको आतिथ्यता गर्नको लागि जिल्ला सहकारी सङ्घका प्रतिनिधिहरू, संस्थाका सल्लाहकारहरू, सेयर सदस्यहरू विभिन्न क्लबका सङ्घसंस्थाहरु, रेडक्रस ,खानेपानी उपभोक्ता समिति, पोखरा महानगरपालिका सहकारी, विभिन्न पार्टीका प्रतिनिधिहरु लगायतको आतित्यथामा भएको सो कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष चेतनाथ पौडेलले, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष टिकाराम आचार्य र लेखा समितिको प्रतिवेदन संयोजक ठाकुर प्रसाद रेग्मीले वाचन गरेर सुनाउनु भएको थियो।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र सचिवको प्रतिवेदन सहित २०८२ /८३ को वार्षिक कार्यक्रम, लेखा परीक्षकको नियुक्ति लगायत साधारण सभामा प्रस्तुत भएका सबै विषयहरू सर्वसम्मत रूपमा अनुमोदन सहित पुस्तिकामा हस्तान्तरण गर्ने १२ जना प्रतिनिधि तोकिएको थियो।
तेत्तीसौँ स्थापना दिवसको शुभ अवसरमा विभिन्न विधाहरू जस्तै उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी, एसइइ मा सबभन्दा धेरै नम्बर ल्याउने लगायतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको सो कार्यक्रमलाइ धन्यवाद सहित आफ्नो मन्तव्य राख्दै संस्थाका अध्यक्ष चेतनाथ पौडेलले कार्यक्रम समापन गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सचिव दानबहादुर भुजेली सञ्चालन गर्नुभएको थियो।