Worldlink Communications

लि-बर्डको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

असोज १०, पोखरा

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) को ३१ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यकारी निर्देशक भरत भण्डारीले ली-बर्डको संस्थागत अवस्था, उल्लेखनीय पहल र उपलब्धीहरूबारे जानकारी प्रदान गर्नुभयो । साथै, गैर सरकारी क्षेत्रहरुलाई वर्तमान अवस्थामा आन्तरीक तथा वाह्य कार्य वातावरणमा भएका विभिन्न चुनौतीबारे जानकारी दिदै नितीगत पैरवी जरुरी रहेको जसमा गैरसरकारी संस्था महासंघको भूमिका अत्यावश्यक रहेको जानकारी दिनुभयो ।सोही सभामा सामाजिक लेखा परिक्षणको प्रतिवेदनको प्रस्तुतीकरण गरियो ।

कार्यक्रममा सामाजीक लेखा परिक्षक प्रसीद्ध न्पायौनेले सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा ली-बर्डद्धारा संचालित कार्यक्रममा फिल्ड अन्तक्रियाको आधारमा प्राप्त नतिजा समेतको समग्र सामाजीक परिक्षणको प्रस्तुतीकरण गर्नुभएको थियो।

सामाजीक लेखा परिक्षणको सवालमा आएका जिज्ञासाहरुलाइ कार्यकारी निर्देशक भरत भण्डारी तथा कार्यकारीणी वोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सम्वोधन गर्नुभएको थियो त्यस्तैगरी कोषाध्यक्ष रामकली खड्काले संस्थाको आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा सभाद्धारा अनुमोदन गरिएको थियो ।

बोर्डका सचिब बेनी बहादुर बस्नेतले कार्यकारिणी बोर्डको वार्षिक प्रगती तथा आगामी कार्ययोजनाको प्रस्तुती गर्नुभएकोमा सभाद्धारा अनुमोदन गरिएको थियो । संस्थाले संस्थागत कोषको वृद्धिको लागि थालेका पहल जस्तै भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष, स्थानिय अन्वेषण कोषको बारेमा डा. प्रताप कुमार श्रेष्ठले सदस्यहरुलाई अवगत गराउनुभयो ।

देसको वदलिँदो परिवेशमा ली-बर्ड पनि परम्परागत दातृ निकायमा मात्र सिमीत नभई संस्थाले आफ्‌नो पहिचानसंग सम्बन्धीत फरक सहभागीतामुलक अनसन्धान कार्यक्रम तथा संस्थाको निरन्तरता र बिकाशको लागि नयाँ तरिकाले कोष जुटाउनमा सम्पूर्ण सदस्यको साथ र सहयोग आवश्यक भएको जानाकारी गराउनुका साथै सहयोग र सहभागीताको लागी आह्वान गर्नुभयो ।

कार्यकारिणी बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी बोर्डका कोषाध्यक्ष श्रामकली खड्‌काले स्वागत मन्तव्य राख्नभयो । सभामा यस बर्ष सदस्यता प्राप्त गर्नुहने नयाँ सदस्यहरुको परिचय समेत गराइएको थियो ।

कार्यकारिणी बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सबै सहभागी सदस्य, कर्मचारी साथै संस्थाका साझेदार, दातृ निकायलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएको सो कार्यक्रममा बोर्डका सचिब बेनी बहादुर बस्नेतले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरू, साधारण सदस्यहरु, कार्यकारीणी वोर्ड र कार्यसमितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: