श्री जनहित बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

असोज २५, पोखरा
जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारण सभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रेम रमण आचार्यले गर्नुभयो भने प्रमुख अतिथि पोखरा महानगरपालिका–२० का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे हुनुहुन्थ्यो भने अतिथि रूपमा जनप्रतिनिधि दुर्गा बस्नेत र विकास आचार्य लगायतका पूर्व अध्यक्ष, भूतपूर्व अध्यक्ष, उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरू को सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो।
पानसमा बत्ती बाल्दै ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नुभएका पोखरा महानगरपालिका वार्ड न. २० का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सहकारीको महत्व र सहकारी समितिका सदस्य हरूको इमान्दारितासँगै अहिले देशमा घटेको घटनालाई परिलक्षित गर्दै आफ्ना सान्दर्भिक भनाइहरु राख्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भेसराज पौडेलले गर्नुभएको थियो। सो अवसरमा शुभकामना मन्तव्य जनप्रतिनिधि दुर्गा बस्नेत, पूर्वअध्यक्ष भगवती पौडेल, निवर्तमान अध्यक्ष काशीराज आचार्य लगायतले सहकारीलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा रहेर आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
साधारण सभाको क्रममा संस्थाले आफ्ना छ जना जेष्ठ नागरिकहरू लाई सम्मान गरेको थियो। त्यसैगरी, सरकारी विद्यालयबाट प्लस टु उत्तीर्ण गरेका सन्तोष पौडेल, असल कारोबारी तथा नियमित बचत कर्ताहरू लगायतका विभिन्न शीर्षकमा राम्रो काम गरेकाहरूलाई सम्मान गरिएको थियो।
लगभग ४०० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव अमृत गुरुङले सञ्चालन गर्नुभएको थियो धन्यवाद ज्ञापन गर्दै अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष प्रतिवेदन, लेखा प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको जानकारी दिनुभयो। अन्तमा कार्यक्रमको अध्यक्षता गइरहनुभएका संस्थाका अध्यक्ष प्रेम रमण आचार्यले धन्यवाद सहित कार्यक्रम अन्त गर्नुभएको थियो।
कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष आचार्यले संस्थाले तीन दशकको यात्रामा विश्वास, पारदर्शिता र सदस्यहरूको हितलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सहकारीको योगदान पुर्याउने प्रतिबद्धता जनाउनुभयो।