जय गणेश बचत तथा ऋण सहकारी संस्था ली.को अधिवेशन सम्पन्न

जय गणेश बचत तथा ऋण सहकारी संस्था ली.को अधिवेशन सम्पन्न

परिबर्तन न्युज
१ कार्तिक २०८२ बजे
परिबर्तन न्युज
१ कार्तिक २०८२

कार्तिक १, पोखरा

जय गणेश बचत तथा ऋण सहकारी संस्थालीको १५औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।

Advertisement:Ad

पोखरा महानगर पालिका वडा नं १९ लामाचौर शहरडहर मा रहेको जय गणेश बचत तथा ऋण सहकारी संस्था लि को मिति २०८२ कार्तिक १ गते भएको १५औं साधारणसभा तथा छैटौँ अधिवेशन बाट सम्पूर्ण टिम सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

छैठौँ अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै सहकारी भनेको सहकार्य गरेर अगाडि बढ्ने संस्था भएको र थोरै थोरै पैसा जम्मा गरेर सानातिना समस्याहरू समाधान गर्नको लागि आफन्त छरछिमेकहरू समेटिएर बनेको संस्था भएकोले समाजमा पर्दाहोस् या घरमै परेका अप्ठ्यारा हरू किन नहोस् ती समस्या समाधान गर्नको लागि संस्थागत निर्णय गर्दै अगाडि बढियो भने संस्था अगाडि बढने बताउनुभयो।

सहकारीको मूलमर्म नबुझ्दा सहकारीहरू अप्ठ्यारोमा परिरहेको यो परिवेशमा पाँचौं अधिवेशनबाट राम्रो सक्षम समिति बन्नेछ भन्ने व्यक्त गर्दै अब बन्ने समितिलाई अग्रिम बधाई दिँदै सहकारीको मूल मर्म बुझेर अगाडि बढ्नको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

निर्वाचित अध्यक्षमा पदमा राना, उपाध्यक्षमा भीम प्रसाद पौडेल, सचिवमा प्रकाश चन्द्र अधिकारी, कोषाध्यक्षमा शिव प्रसाद पौडेल, सदस्यहरुमा सुर्यकला अधिकारी, चेत कुमारी थापा, राजेन्द्र बहादुर खत्री, इन्द्रबहादुर अधिकारी र कृष्ण प्रसाद पौडेल निर्वाचित भएको निर्वाचन समितिका सदस्य सविन जिसीले जानकारी दिनुभयो।

त्यस्तैगरी लेखा समिति पनि सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको  जसको संयोजक भगवती थापा, सदस्य लक्ष्मी गुरुङ्ग निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सविन विश्वले जानकारी दिनुभयो।

अधिवेशनमा संस्थाका जेष्ठ नागरिक लगायत विभिन्न विधामा राम्रो काम गर्ने, असल ऋणी, असल बचतकर्ता र एसइइमा राम्रो नम्बर ल्याउने भाइबहिनीहरूलाइ फुलमाला प्रमाणपत्र लगायत नगद ले सम्मान गरिएको सो कार्यक्रमलाई संस्थाका सचिव अर्जुन के सी ले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज