डुलुवा टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म पोखराबाट विदाइ

डुलुवा टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म पोखराबाट विदाइ

परिबर्तन न्युज
२१ कार्तिक २०८२ बजे
परिबर्तन न्युज
२१ कार्तिक २०८२

कात्तिक २१,पोखरा

पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ ।

Advertisement:Ad
Advertisement:Ad

२१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले  डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्था मगर लगाएतले विदाई गरे ।

पोखरा भ्रमण वर्ष २०२५ को व्यानर हस्तान्तरण गर्दै पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले नेपालमा प्राकृतिक रुपले नै साहासिक यात्राको थलो भएको बताउदै यो यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले पोखराले भ्रमण वर्ष मनाई रहदाँ विभिन्न कार्यक्रमको आयोजना गरेको बताउदै पोखरामा पर्यटक भित्राउन नेपाल र नेपाल बाहिर समेत प्रर्वद्धनका कार्यक्रमहरु गर्नु पर्ने बताए ।

Advertisement:Ad
Advertisement:Ad

अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता रहेका रमणीय ठाउँको उजागर गर्ने उद्देश्य रहेको डुलुवाका संयोजक योगेश भट्टराईले बताए । हुम्ला नेपालका अन्तिम उपत्यका रहेको यसको यात्रा निकै रोमान्चकारी हुने उनले बताए । जसमा कैलाश पर्वत र लिमी उपत्यका सम्म पुग्ने प’रातन बाटोलाई पुर्नजीवित गर्ने उनको भनाई छ ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो । स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । भने भारतको लद्दाखसम्म र कास्कीदेखी कन्याकुमारी सम्म सफलतापूर्वक यात्रा गरि सहेका छन् ।

हुम्ला अन्तिम उपत्यका अभियान नामाकरण गरि यात्रामा निस्किेका उनीहरु रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५ हजार मिटर उचाइको लाप्चा ला पास परेर सिमकोट फर्किने छन् । त्यसै गरी सर्खैघाट कोहलपुर बुटवल हुदै ११ दिनमा पोखरा फर्किने छन् ।

यात्राका क्रममा ‘डुलुवा’ समूहले बनाएको ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’ कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज