कार्तिक २९,पोखरा
गरिब, दुःखी र द्वन्द्वपीडित विद्यार्थीहरूको सहयोगार्थ आफ्ना दुई छोराको असामयिक निधनलाई समाजसेवाको मार्ग बनाउँदै पिता जित बहादुर थापाले “हिक्मत–मोहन थापा स्मृति अक्षय कोष” स्थापना गर्नुभएको छ।
थापाले रु. १ लाख ११ हजार,११ सय ११ को नगद अक्षयकोष भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरिबहादुर बरुवाललाई औपचारिक रूपमा आज विन्ध्यवासिनी स्कूलको सभाहलमा गरिएको औपचारिक कार्यक्रममा सो रकम हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रम मञ्चका अध्यक्ष हरि ब. बरुवालको अध्यक्षतामा भएको सो को प्रमुख अतिथिको अतिथ्यता राम ब. बानियाँले गर्नुभएको थियो भने अतिथिहरूमा शैक्षिक व्यक्तित्व नरहरि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापा, सल्लाहकार चित्र थापा लगायत स्थानीय बुद्धिजीवीहरू विभिन्न संघसंस्थाका व्यक्तित्वहरू को सम उपस्थितिमा भएको सो कार्यक्रम लाई भव्य र सभ्य रुपले मञ्चका सचिव सन्जय बस्नेतले सञ्चालन गर्नुभएको थियो।
संस्थाका कोषाध्यक्ष मन्जु बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको जानकारी र विषय उठान बारेमा संस्थागत रुपमा जानकारी अध्यक्ष हरिबहादुर बरुवालले प्रकाश पार्नुभएको थियो।
अक्षय कोष दाता जितबहादुर थापाले आफ्ना दुवै छोराहरूलाई बेलैमा गुमाउँदा खेरिको पीडा लाई कसरी बिर्सन सकिन्छ भन्ने भावना राख्दै गर्दा उनीहरूको सोचलाई समाजसेवाको माध्यमबाट पुरा गर्न सकिन्छ कि भन्ने सेवाभावका साथ सोच बनाइरहँदा विन्भूध्यवासिनी भुतपूर्व विद्यार्थी मञ्च मा आफना छोराहरूको खुसी देखेपछि उनको नाममा अक्षयकोष स्थापना गरिदिँदा उनीहरू को आत्माले पनि शान्ति पाउने र आफूलाई पनि शान्त मिल्ने महसुस गर्दै “हिक्मत–मोहन थापा स्मृति अक्षय कोष” स्थापना गरेको बताउनुभयो।
थापाका ठूलो छोरा हिक्मत थापा २०४५ ब्याच को हुनुहुन्थ्यो भने उहाँ तत्कालीन अवस्थामा विभिन्न रोगले दुख दिएपछि उपचार गर्दागर्दै दुःखद निधन भएको थियो भने अर्का छोरा मोहन थापा २०४७ ब्याच को हुनुहुन्थ्यो भने उहाँ तत्काल माओवादी द्वन्द्वको समयमा माओवादीद्वारा थापिएको एम्बुसमा परी ज्यान गुमाउनु भएको थियो।
प्रमुख अतिथि रामबहादुर बानियाँले आफ्ना मुटुका टुक्रा का रूपमा जन्म लिसकेपछि धेरै ठूलो भएपछि आफ्ना छोराहरू गुमाउँदाको पीडा लाई आफ्नो छोराहरूको आत्माको चिरशान्तिको लागि र आफ्नै मनको शान्तिको लागि र पारिवारिक रुपमै पनि सबैको खुसीको लागि र आफ्नो मनको घाउलाई समाज सेवामार्फत मलमपट्टी लगाउने उद्देश्यले यो कोष स्थापना भएको हुनाले यसबाट जम्मा हुन आउने नगद पुरस्कारले समाजमा पछाडि परेका द्वन्दबाट पीडित भएका बालबालिकाहरूलाई यो अक्षय कोषले महत्वपूर्ण भूमिका खेल्ने नै छ भन्दै विन्ध्यवासिनी भूतपूर्व विद्यार्थी मञ्चमा यस्ता किसिमका अक्षय कोषहरु अझै धेरै स्थापना हुनुपर्ने बताउनुभएको थियो।
अक्षय कोषले लक्षित विद्यार्थीलाई सहयोग गर्ने विश्वास दिलाउँदै मञ्चका अध्यक्ष हरि ब. बरुवालले सोहि अनुसार कोषबाट आर्थिक रूपमा कमजोर र द्वन्द्वपीडित विद्यार्थीहरूलाई नियमित रूपमा सहयोग गरिने बताउनुभयो।
“अल्पायूमै ज्यान गुमाइएका दुई छोराको सम्झनालाई उज्यालो बनाउदै उनीहरूले लिएको उद्देश्यलाइ सम्बोधन गर्दै उचित रूपान्तरण गरि वास्तवमै प्रेरणादायी काम गर्नुहुने आदरणीय अक्षयकोष दाता ज्यूहरूलाई मनैदेखि धन्यवाद व्यक्त गर्दै संस्थाले कोष पारदर्शी र दीगो रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।









प्रतिक्रिया