पुसको पहिलो साताबाट २१औं संस्करण लेखनाथ महोत्सव हुने

पुसको पहिलो साताबाट २१औं संस्करण लेखनाथ महोत्सव हुने

परिबर्तन न्युज
७ मंसिर २०८२ बजे
परिबर्तन न्युज
७ मंसिर २०८२

मंसिर ७, पोखरा

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

यहि पुस ३ देखि १४ गतेसम्म पोखरा २७ मा लेखनाथ महोत्सव को तयारी भइरहेको भन्ने विषयमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारी ले जानकारी दिनुभएको थियो।२०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको नि भयो ।

Advertisement:Ad
Advertisement:Ad

सोही क्रममा अध्यक्ष जानुका पराजुली अधिकारी ले यस महोत्सवमा विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो।

महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भटृराईले विषम आर्थिक परिवेशमा मेला, महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपूर्ण रहेको बताउँदै व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको बताउनुभएको थियो ।

मेला, महोत्सवले स्थानीय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्नुका साथै क्रेता, बिक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका बीच पत्रकारहरु बाट सोधिएका प्रश्नहरूको जवाफ आयोजकहरूले चित्त बुझ्ने गरी दिनुभएको थियो। ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज