पोखरा-१९ को चुरुङ्गामा दोस्रो संस्करणको दाँई महोत्सव -२०८२ हुने

पोखरा-१९ को चुरुङ्गामा दोस्रो संस्करणको दाँई महोत्सव -२०८२ हुने

परिबर्तन न्युज
१२ मंसिर २०८२ बजे
परिबर्तन न्युज
१२ मंसिर २०८२

मंसिर १२, पोखरा

“पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा न. १९ चुरुङ्गामा भोलि शनिबार दोस्रो संस्करणको दाँई महोत्सव -२०८२ हुने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा पर्यटन परिषद्को आयोजनामा शनिबार हुने उक्त महोत्सवमा आन्तरिक तथा वाह्पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि गराउने अन्तिम तयारी भएको जानकारी दिनको लागि विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

“पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित गर्न लागिएको महोत्सवले कृषिप्रधान देश र नेपाली समाजको परम्परागत कृषि प्रणालीको प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई खेतीपाती को मौलिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले पर्यटकीय र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण रहेको चुरुङ्गामा उक्त महोत्सवको तयारी गरिएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

पोखरामा तीव्र शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको र कृषिपेसा प्रति युवापुस्ताको आकर्षण कमजोर बन्दै गएको पृष्ठभूमिमा दाँई महोत्सवले कृषकको परम्परागत परिश्रम, धान उत्पादनको सांस्कृतिक महत्व र कृषि पर्यटनको महत्वपूर्ण सम्भावना रहेको बताउनु भयो।

दाँई महोत्सवले कृषकलाई सम्मान, कृषि पेशाप्रति उत्प्रेरणा र परम्परागत प्रविधिको प्रदर्शन मार्फत कृषि पर्यटनको अवधारणालाई व्यवहारमै उतार्ने भएको महोत्सव संयोजक हरी भुजेलले बताउनु भयो ।नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक तथा प्रमुख मणिराज लामिछानेले पोखरा र पोखरा आसपास क्षेत्रमा हुने यस्ता मेला महोत्सवले पर्यटन प्रर्बद्धन हुने विश्वास व्यक्त गर्नु भयो।

“धान मुख्य खाद्यबाली भएकाले त्यसको उत्पादनदेखि भित्र्याउने प्रक्रिया आफैँमा नेपाली पहिचान भएको हुनाले महोत्सवमा विभिन्न प्रतियोगिता तथा गतिविधि हुने जसमा उत्कृष्ठ गोरू पालक प्रतियोगिता, धेरै धान उत्पादन गर्ने कृषक सम्मान, धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बोक्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरीलाई परम्परागत टोपी वितरण, अतिथिलाई स्थानीय उत्पादनको उपहार लगायतका आकषर्णहरु रहेको बताउनु भयो।

पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको पुरस्कारको व्यबस्था गरिएको महोत्सव संयोजक हरिबहादुर भुजेलले बताउनु भएको थियो भने चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले यस क्षेत्रमा झिनुवा जातको धान उत्पादन रहेको बताउनु भयो ।

महोत्सवमा करिब १ हजार पर्यटक तथा स्थानीयको उपस्थिति हुने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागि हुनको लागि दुई वटा निःशुल्क बस सेवा समेत व्यबस्था गरिएको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज