मंसिर १३, पोखरा
दुई हप्ता अगाडि बुद्ध एयरमै अवतरणका क्रममा पोखरा विमान स्थलमा चरा ठोकिएको थियो भने फेरि पनि बुद्ध एयर विमानमा नै चरासँग ठोक्किएको छ ।
काठमाडौं देखि उडान भरेर पोखरा आएको बुद्ध एयर ९ एनएओसी विमान शनिबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको थियो ।
चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिनुभएको छ।
पटकपटक बुद्धयरमा नै चरा ठोक्किनु आफैंमा नराम्रो भएको र ठोकिँदा पनि सुरक्षित तरिकाले अवतरण गर्ने वातावरण मिलेको भएपनि यस किसिमका घटनाहरू दोहोरिराख्नु आफैमा नराम्रो भएको दिपेन्द्र कर्णले जानकारी दिनुभयो।
चालक दलले विमानको प्राविधिक परीक्षण राम्रोसँग गरेर मात्र उडान भरिने र त्यसको लागि विमानको प्राविधिक परीक्षण गर्न राखिएको छ भने आगामी दिनमा चराको कारणले कुनै पनि मानवीय क्षति नहोस भन्नको लागि सम्बन्धित निकायसँग कुराकानी भइरहेको जानकारी दिनुभएको थियो।









प्रतिक्रिया