पोखरा-१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव कार्यक्रम सम्पन्न

पोखरा-१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१३ मंसिर २०८२ बजे
परिबर्तन न्युज
१३ मंसिर २०८२

मंसिर १३, पोखरा

पोखरा सबै मौसमका लागि भन्ने नारासहित पोखरा पर्यटन परिषद को आयोजना तथा चुरुगां टोल विकास संस्थाको आफ्नै स्थानिय व्यवस्थापनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ।

Advertisement:Ad
Advertisement:Ad

दाइँ महोत्सवको उद्घघाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरेर पोखरा पर्यटन परिषद्ले कृषक र किसान मान प्रतिष्ठालाइ सम्मान गरेकोमा महानगरपालिका खुसी भएको बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ सम्मानित हुनुभएको छ उहाँले २ सय रोपनीमा धान खेती गरी करिब ५ सय मुरी धान उत्पादन गर्नुभएको बताइएको थियो। । कृषक गुरुङलाई धान खेती उत्पादनमा पुर्याएको योगदान को कदर गर्दै पोखराका मेयर धनराज आचार्यले १० हजार नगद सहित सम्मान गर्नुभएको थियो।।

Advertisement:Ad
Advertisement:Ad

दाइँ महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता,धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगिता भएको थियो भने सो कार्यक्रममा प्रथम हुनेलाई नगद पुरस्कार दिइएको थियो। ।महोत्सवमा अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले बताउनु भयो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछाने का अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कृषि पहिचान नजिकबाट बुझ्ने वातावरण मिलेको बताउनुभयो ।

पर्यटन परिषद्ले महोत्सवमा सहभागि दँदेरालाई टोपी वितरण गरेको थियो भने कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई स्थानीयले बनाएको खाजा को रूपमा रोटी लट्टे खुवाइएको थियो भने उपहार स्वरूप अनदीको चामल कोसेलीको रूपमा दिइएको थियो ।

सुन्दर माछापुच्छ्रे-अन्नपूर्ण हिमशृंखलाको काखमा सम्पन्न दाँई महोत्सवले स्वदेशी तथा विदेशी सबैलाई साह्रै रमाइलो वातावरण सिर्जना गरेको थियो भने महोत्सवमा पोखरा भ्रमणमा रहेका बिभिन्न देशका विदेशी पर्यटकहरुको उपस्थितिले कार्यक्रमलाई अझै राम्रो बनाएको थियो।

स्थानीयहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको सो महोत्सवमा सहभागि पाहुनाहरुलाई स्थानिय आमा समुहले पञ्चेबाजा सहित फुलमालाले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज