मंसिर १३, पोखरा
पोखरा महानगरपालिका वडा न. ४ को आयोजनामा नेवा मिसापुच कास्कीको आहवान तथा पोखरा ४ का मिसापूचहरूको सहकार्यमा भएको छैठौं योमरी महोत्सव कार्यक्रम आज भव्य र सभ्य रुपले सम्पन्न भएको छ।
पोखरा महानगरपालिकाको मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता पोखरा महानगर पालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गर्नुभएको थियो।
कार्यक्रमको उद्घघाटन गर्दै मेयर धनराज आचार्यले धर्म ,संस्कृति रीतिरिवाज ,परम्परा हरू जोगाउँदै पुस्ता हस्तान्तरण गर्नको लागिर नव युवाहरुलाई हस्तान्तरण गरिएका सबै कुराहरूलाइ व्यवहारमै सिकाउनुपर्ने भएको हुनाले यस किसिमका कार्यक्रमहरू स्थानीय रुपमै गर्नुपर्ने बताउनुभयो। जसले गर्दा अनुशासनका कुरा नैतिकता का कुरा चरित्रका कुरा र भविष्यमा आउने अप्ठ्याराहरू सँग जुध्न र व्यवहारमा ढाल्नको लागि सजिलो हुने बताउनुभएको थियो।
वडाध्यक्ष देवकृष्ण पराजुली कार्यक्रमको बारेमा प्रकाश पार्दै यो कार्यक्रम विशेषगरी नेवार जातिले मनाउने एक किसिमको महत्त्वपूर्ण पर्व भएको बताउनुभयो। यसको उत्पत्ति काठमाडौँ उपत्यकाका नेवार समुदायबाट सुरु भएको मानिएको बताउनुभयो । यमरी भनेको नेवारी जातिको प्राचीन खाना भएको र योमरीलाइ मिठो खाना, तागत दिने खाना, मानिसको शरीरलाई स्वस्थ राख्ने खाना र चिसोबाट बचाउने धारणा राखिदै आएको प्राचीन के हो किदन्तिबाट पनि बुझ्न सकिने बताउनुभयो।
विशेषगरी योमरी चामलको पिठोबाट बनाइन्छ। चामलको पिठो भित्र खुदो, चाकु ,खुवा आदि राखेर पकाइन्छ भने आजभोलि यो योमोरीलाई अझै मिठो बनाउनको लागि विभिन्न मासुका परिकारहरु राखेर यसलाई अझै मिठो गरी खाने प्रचलन रहेको पनि वडाध्यक्ष देवकृष्ण पराजुलीले बताउनुभयो।









प्रतिक्रिया