मंसिर १८, पोखरा
पोखरा महानगरपालिका वार्ड नम्बर १९ मा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था ली आजबाट आफ्नै नवनिर्मित सचिवालय भवनमा सरेको छ।
भवन उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नवनिर्मित सचिवालय भवनको शिला अनावरण र ब्यानरमा हस्ताक्षर गरेर उद्घघाटन गर्नुभयो। कार्यक्रमको उद्घघाटन गर्दै सहकारीहरूको बारेमा थुप्रै कमीकमजोरीहरू बजारमा छ र प्रष्ट आइरहेको बेलामा पनि जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेर आफ्ना सेयर सदस्य सबैलाई खुसी पारेर आफ्नै भवन बनाउन सफल बनेकोमा खुसी व्यक्त गर्दै सबै सहकारीहरूले यो पाठ सिक्नुपर्ने बताउनुभयो।
सस्थाका पुर्व अध्यक्ष सुरेन्द्र मानसिन्ह भण्डारी ,कास्की वचत संघ अध्यक्ष शेर बहादुर कार्की लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो भने ब्यवस्थापक अशोक बस्नेत स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम र संस्थाको विगतको अवस्था र अहिले आफ्नै भवनमा आइपुग्दा सम्मको अवस्थाको बारेमा बताउनु भएको थियो।
सहकारीका अध्यक्ष लायन नवीन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न स्थानीय टोल विकास संस्थाका अध्यक्ष वा प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका अध्यक्ष वा प्रतिनिधिहरू र समाजमा पहिचान राख्नुभएका शैक्षिक प्राज्ञिक लब्ध प्रतिष्ठित व्यक्तिहरूलाइ अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
भवन निर्मान समितीका संयोजक मिलन के सि ले निर्माणकार्यको प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म १ करोड ७० लाख खर्छ भएको बताउनुभएको सो कार्यक्रम लाई भव्य र सभ्य रूपले संस्थाका सचिव बुद्धि बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो।









प्रतिक्रिया