मंसिर १९, पोखरा
स्वस्थ माटो स्वस्थ गाउँ शहर भन्ने नाराका साथ प्रदेश कृषि प्रयोगशाला पोखरा कास्की, लिबर्ड नेपाल, एग्रिपथ , वयर फाउन्डेसन र आइ डि इ को संयुक्त आयोजनामा १२औ विश्व माटो दिवस-२०८२ मनाएको छ।
कार्यक्रमको अध्यक्षता प्रदेश कृषि प्रयोगशाला पोखरा कास्कीका प्रमुख सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव वासुदेव रेग्मीले कार्यक्रमको उद्घघाटन गर्दै किसानहरूको बारीको माटो परीक्षण गरिसकेपछि माटोको उर्वरा शक्ति बढाउनको लागि किसानहरूलाई प्रत्यक्ष रूपमा राहत दिनुपर्ने र माटो परीक्षण सरानीय र विश्वसनीय हुनुपर्ने बताउँदै उत्पादन बढि हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।
प्रदेशका कृषि कार्यालय, जिल्ला स्थित कृषिको काम गर्ने कार्यालयहरूका प्रमुखहरू विभिन्न स्थानबाट आउनुभएका किसान दाजुभाई दिदीबहिनी हरूको बृहत उपस्थितिमा भएको सो कार्यक्रममा करिब १०० जना किसानहरू को माटो परीक्षण गरिएको थियो । माटो परीक्षण गरि सकेपछि किसानहरूलाई आवश्यकता अनुसार सर सल्लाह सुझाव र सम्भव भएसम्म उपचारका सामग्रीहरु पनि उपलब्ध गराउँदै आएको यस कार्यालय र विभिन्न संघसंस्थाले माटोमा देखिएका कमी कमजोरीहरु पत्तालगाई उत्पादन बढाउनको लागि गर्नुपर्ने सिपमूलक तालिम व्यवस्थापकीय रूपमा तयार गर्ने मल र जल कसरी प्रयोग गर्ने भन्ने सरसल्लाह दिइएको थियो।
१२औ विश्व माटो दिवस-२०८२ कार्यक्रमको सुरुवातीमा लेखनाथ महिला कृषक समूह लगायतका किसान, आमा, दिदी र बहिनीहरूले स्वस्थ माटो स्वस्थ गाउँशहर बन्ने नाराका प्ले कार्डहरू सहित बिरौटा, मुस्ताङ चोक हुँदै कार्यालयसम्म प्रभातफेरि कार्यक्रम गर्दै विभिन्न ठाउँहरू घुमेर आएको सो कार्यक्रम लाई कार्यालयका सूचना अधिकारी करिश्मा भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रुपले प्रदेश कार्यालयको माटो विज्ञ अस्मिता काफ्लेले सञ्चालन गर्नुभएको थियो ।










प्रतिक्रिया