नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा उमेदवारीको अन्तिम नामावली प्रकाशन

नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा उमेदवारीको अन्तिम नामावली प्रकाशन

परिबर्तन न्युज
१ पुष २०८२ बजे
परिबर्तन न्युज
१ पुष २०८२

पौष १,काठमाडौँ

नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको को छ ।

Advertisement:Ad
Advertisement:Ad

महाधिबेशनमा निर्बाचिन हुने निश्चित भएपछि केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल बिच प्रतिस्पर्धा हुँदैछ। उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ । महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार महाधिबेशनस्थलमा ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

एघारौँ अधिवेशनमा पार्टीको जिम्मेवारी लिन चाहने उमेदवारहरुको सुची लामो भएको र मतदान गर्नुपर्ने उमेदवारको संख्या समेत ठुलो भएकोले एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ  भने महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि हुनुहुन्छ।

एघारौँ अधिवेशनको लागि आफ्नो नामावली दर्ता गराउनुभएका उम्मेदवारहरूको नामावली हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्।

https://www.facebook.com/share/p/17YFZN2PiD/

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज