क्षेत्री समाज नेपाल महिला कार्यसमिति पोखरा १६ को पाँचौं अधिवेशन सम्पन्न, नारायणी थापा बस्नेत सर्वसम्मत अध्यक्ष

क्षेत्री समाज नेपाल महिला कार्यसमिति पोखरा १६ को पाँचौं अधिवेशन सम्पन्न, नारायणी थापा बस्नेत सर्वसम्मत अध्यक्ष

परिबर्तन न्युज
५ पुष २०८२ बजे
परिबर्तन न्युज
५ पुष २०८२

पौष ५, पोखरा

राष्ट्रिय अखण्डता र जातीय सद्भभाबका निम्ति क्षेत्रीय एकता आजको आवश्यकता भन्ने नाराका साथ क्षेत्री समाज नेपाल महिला कार्यसमितिको ५औ अधिवेशन २०८२ बाट सर्वसम्मत रूपमा नारायणी थापा बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।

Advertisement:Ad
Advertisement:Ad

क्षेत्री समाज नेपाल वडा कार्य समिति पोखरा-१६ ले आयोजना गरेको रमाइलो वनभोज कार्यक्रममा क्षेत्री समाज नेपाल महिला कार्यसमिति पोखरा-१६ को पाँचौं अधिवेशन तथा तेह्रौं साधारण सभा २०८२ को आयोजना गरिएको सो कार्यक्रमबा सम्पूर्ण कार्य समिति सहित सबै सदस्यहरू सर्वसम्मत भएको निर्वाचन मण्डलका गोविन्द बहादुर बस्नेतले जानकारी दिनुभयो।

जस अनुसार अध्यक्षमा- नारायणी थापा बस्नेत, उपाध्यक्षमा-शिव शोभा खड्का बस्नेत, सचिवमा -सपना गोदार कार्की , कोषाध्यक्षमा – कुमारी के.सी ,सदस्यहरूमा क्रमश: विष्णु बस्नेत ,सीता खड्का ,सुस्मिता बानिया, कमला थापा र रन्जिता बस्नेत  सर्वसम्मत रूपमा चुनिनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रमको अध्यक्षता क्षेत्री समाज नेपाल महिला कार्यसमितिका अध्यक्ष मञ्जुश्री थापाले गर्नुभएको सो कार्यक्रम क्षेत्री समाज नेपाल पोखरा महानगर पालिकाको अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमलाइ क्षेत्री समाज नेपाल पोखरा १६ का वडा  महिला सचिव मनु बस्नेतले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

क्षेत्री समाज नेपाल पोखरा १६ का अध्यक्ष रामशरण बानियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिवको आर्थिक प्रतिवेदन र कार्य समितिको प्रगति विवरण सचिव शिव शोभा खड्काले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृष्ण बहादुर थापाको संयोजकत्वमा बनेको  निर्वाचन कमिटीका सदस्य गोविन्द बहादुर बस्नेत र विन्दु थापाको निर्वाचन कमिटीले आज भएको पाँचौं अधिवेशनबाट सर्वसम्मत रुपमा नवनियुक्त कमिटी निर्माण भएको घोषणा गर्दै जिम्मेवारी सहितको प्रमाणपत्र वितरण गरिएको निर्वाचन कमिटीका अध्यक्ष कृष्णबहादुर थापाले हामीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज