पौष १०,पोखरा
नयाँ बर्षको पुर्व सन्ध्यामा पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संगीत समुदायको लागि र सद्भावको लागि भन्ने नाराका साथ् दीप साँझ कन्शर्ट -२०८२ हुने भएको छ ।
संगीत समुदायको लागि र सद्भावको लागि भन्ने नाराका साथ् नवौं संस्करणको दीप साँझ कन्शर्ट -२०८२ यही पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संचालन हुने संयोजक राजेश गुरुङले जानकारी दिनु भयो। कार्यक्रम दिप युनाईटेड क्लव र दीप युनाईटेड परिवारको आयोजनामा हुने दीप साँझ कन्शर्ट साँझ ५ बजे बाट शुरु हुने र सो कन्सर्ट करिब ५ घण्टासम्म जारि रहने पनि संयोजक गुरुङले जानकारी दिनु भयो ।
नेपाली पन जोगाउँदै संगीत मार्फत सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको र तमु ल्होसार र अन्य नेपालीजनका चाडपर्वलाई पनि लक्षित गरी विगत नौं बर्षदेखि निरन्तर रुपमा कार्यक्रम गर्दै आईरहेको सयोजक गुरुङले बताउनुभयो ।
सयोजक गुरुङका अनुसार दीप साँझमा तृष्णा गुरुङ एण्ड दि कोलाब, जोन एण्ड दि लोकल्स र दि सिक्सटिन वर्डस लगायतका सांगीतिक समुहको प्रस्तुती रहने छ ।कन्र्सटमा गायिका तृष्णा गुरुङ र उनको व्याण्ड सहितका अन्य व्याण्डले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने छन भने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र यस अघिका कन्सर्ट भन्दा थप व्यवस्थित र सांगितीक बनाउने प्रयासमा आफुहरु लागिरहेको जानकारी दिनुभयो ।
पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा नवौं दीप साँझ संचालन हुने कार्यक्रमलाई जि एण्ड के ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी,सुर्योदय बोर्डिङ स्कुल, निट डेन्टल, ढिंकी डाँडा रिर्सोट,सोर्मस्वी, एक्ट्रिम, माध्यम, हक सेक्युरिटी, रिवेल, एस के साउण्ड सहित दीप गाईजका बिभिन्न देशमा रहेका समुहले सहयोग गरेका छन्।
पौष १२ गते साँझ ५ बजेदेखि सुरु हुने उक्त कन्सर्ट बाट सामान्यत बाटो अवरुद्ध हुने विषयलाई प्रशासन समक्ष कुरा भई सकेको भए पनि सो विषयलाई मध्यनजर राख्दै महेन्द्र गुफातर्फ आउने जाने आदरणीय सम्पूर्ण व्यक्तित्वहरुलाई दीपचोकबाट लामाचौर को बाटो अर्थात् वैकल्पिक बाटो प्रयोग गर्नुहुन पनि कार्यक्रमका संयोजक राजेश गुरुङले अनुरोध गर्नुभएको थियो।









प्रतिक्रिया