निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज

परिबर्तन न्युज
१० पुष २०८२ बजे
परिबर्तन न्युज
१० पुष २०८२

पौष १०, काठमाडौं

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

दल दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपालको दर्ता खारेज गरिएको आयोगका प्रबक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको थियो।

तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाएपछि आयोगले जरिवाना तोकेको थियो। उक्त जरिवाना पनि नबुझाएपछि पार्टी खारेज गर्ने निर्णय आयोगले गरेको हो। आयोगले दलको दर्ता खारेज गर्नुअघि पटक–पटक दलका नेताहरूलाई सच्चिन मौका दिएको थियो। यसअघि सोधेको स्पष्टीकरणको जवाफ दिन दलहरू तयार नभएपछि बाध्य भएर कानुनी डन्डा चलाइएको आयोगले जनाएको  छ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज