पौष १६, पोखरा
युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ युनाईटेड क्लव पोखराको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गरि देशको आर्थिक समृद्धिमा सहयोग पुर्याई रोजगारी सिर्जना गर्ने उद्धेश्यलले हुन लागेको महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने महोत्सवका संयोजक दिनेश सुनारले आज गरिएको पत्रकार भेट कार्यक्रममा जानकारी दिनुभयो।
दुइ लाख बिस हजारदर्शक आउने अनुमान गरिएको सो महोत्सवमा विभिन्न जाती, जनजाती कला संस्कृतीको प्रदर्शनी हुनेछ भने हस्तकला सामानहरुको प्रदर्शनी तथा विक्री गरिने, पर्यटन प्रवद्र्धन का सामाग्रीको प्रदर्शन गर्न २ सय ५० स्टल रहने जानकारी दिनुभएक थियो ।
महोत्सवमा फरक क्षमता भएका, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, ५ वर्ष मुनिका बालवालिका र पत्रकार हरूलाई निःशुल्क प्रवेश दिइने बताइएको सो कार्यक्रमलाई रमाइलो बनाउनको लागि रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारी लगायतका कलाकारहरू आउने जानकारी दिनुभएको थियो । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकी लगायतले प्रस्तुती राख्ने बताइएको छ।









प्रतिक्रिया