पोखरा चेम्बर अफ कमर्स कास्कीले स्थापना दिवस मनायो

पोखरा चेम्बर अफ कमर्स कास्कीले स्थापना दिवस मनायो

परिबर्तन न्युज
१८ पुष २०८२ बजे
परिबर्तन न्युज
१८ पुष २०८२

पौष १८, पोखरा

पोखरा महानगरपालिकामा रहेको पोखरा च्याम्बर अफ कमर्स कास्कीले आठौं स्थापना दिवस एवं नेपाल चेम्बर अफ कमर्सको हिरक जयन्तीको अवसरमा पोखरा चेम्बर विशेषाङ्क २०८२ आज विमोचन गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै २०७५ सालमा कास्कीमा स्थापना भएको यस संस्थाले पोखरामा निजी क्षेत्रको छाता संगठनको रूपमा काम गरिरहेको र उद्योगी व्यवसायीको हक हितको संरक्षण, उद्योग र  उत्पादनको प्रवर्धन एवं सम्बर्धन गर्न पोखरा चेम्बर अफ कमर्स कास्कीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

उद्योग तथा वाणिज्य क्षेत्रमा समग्र देशको नै पहिलो जेठो छाता संगठन नेपाल चेम्बर अफ कमर्स ले देशमा आर्थिक सामाजिक तथा व्यावसायिक क्षेत्रमा निजी क्षेत्रको प्रतिनिधित्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मा खुसी व्यक्त गर्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

पोखरा गण्डकी प्रदेशको राजधानी अझै त्योभन्दा पर्यटकीय सहर को राजधानी पनि भएको हुनाले यस किसिमका संस्थाहरूको क्रियाशीलताले समग्र प्रदेशको र देशको नै आर्थिक सामाजिक तथा व्यावसायिक क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो।

आगामी दिनमा निजी क्षेत्रका प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू, समस्याहरू पहिचान गरी उद्योग व्यवसायीहरूको पक्षमा पैरवी गर्दै संस्थागत हितको साथै समग्र मुलुकको समृद्ध विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास गर्दै यस संस्थाले आफ्नो हिरक जयन्तीको शुभ अवसरमा दस्तावेजको रूपमा पोखरा चेम्बर विशेषाङ्क २०८२ प्रकाशन गरेकोमा पनि खुसी व्यक्त गर्नुभयो।

पोखराको साइमन पार्टी प्यालेसमा भएको सो कार्यक्रममा विभिन्न सहयोगी, उद्योगी र व्यवसायी हरूलाई सम्मान गरिएको थियो।  कार्यक्रमको अध्यक्षता चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले गर्नुभएको कार्यक्रमलाई संस्थाका महासचिव गोकर्ण कार्कीले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज