पौष १८, पोखरा
नयाँ वर्ष २०२६ लागेसँगै एम एक्स स्नूकर क्लबले प्रथम बी लेबल बिलियार्डस् स्नुकर प्रतियोगिता आजबाट सुरु भएको एक कार्यक्रम गरेर जानकारी गराएको छ।
उद्घघाटन कार्यक्रमको अध्यक्षता एम एक्स स्नूकर हाउसका सञ्चालक एवं अध्यक्ष मनिष प्रधानले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि कास्की बिलियार्डस् स्नूकर सङ्घका संस्थापक अध्यक्ष एवं कास्की आर्चरी संघका अध्यक्ष बसन्त गौचन गर्नुभएको सो कार्यक्रमलाई भव्य र सभ्य रूपले संस्थाका महासचिव सबिन जिसीले सञ्चालन गर्नुभएको थियो।
पानसमा बत्ती बाल्दै ब्यानरमा हस्ताक्षर गरेका प्रमुख अतिथि वसन्त गौचनले यस संस्थालाई सुरुवाती अवस्थामा युवाहरूलाई बिगार्ने खेलको रूपमा स्थानीयदेखि बुद्धिजीवीहरूसम्म सबैले छि छि र दु दु को तरिकाले हेरिएको यस खेल आज आएर १२८ जना खेलाडी हरू प्रतिस्प्रर्धि बनेको देख्दा आफूले आज आएर राम्रो नै गरेको रहेछु भन्ने लागेको बताउनु भयो।
वास्तवमा यो खेल हेर्दा जति सजिलो देखिन्छ त्यति सजिलो नभएको र प्रतिस्पर्धा पनि धेरै नै जटिल प्रतिस्पर्धा हुने खेल भएको हुनाले सबै खालका युवाहरूले रुचाइएको खेल भएको हुनाले यस खेललाइ पोखरामा अझै राम्रो खेलको रुपमा सञ्चालन गर्नको लागि खेल सञ्चालक हरूले व्यवस्थित खेल्ने खेलस्पोट राम्रो बनाउँदै खेल प्रेमीहरू अझै आकर्षित गराउनुपर्ने बताउनुभयो।
कास्की बिलियार्ड स्नूकर तथा पुल हाउस का अध्यक्ष सागर कुमार शाही ‘दिलिप’ ले यस खेलको सुरुवाती दुखदपूर्ण तरिकाले सुरु भएको हुनाले आज यहाँसम्म आइपुग्दा सुखद देख्न पाउँदा साह्रै खुसी हुँदै अझै यसको रनकता ल्याउनको लागि यस खेलका खेलप्रेमीहरुले खेल सञ्चालकहरुले मनैदेखि लागेर खेललाई खेलको रुपमा खेलाउन ,देखाउन र सिकाउन साथै खेल्ने क्रममा आउने चुनौतीहरुलाई सामना गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो।
पौष १८ गतेदेखि सुरु भएको कार्यक्रम माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको छ। सबै खेलप्रेमी दर्शकहरूलाई कुनै पनि टिकटको व्यवस्था नगरिएको जानकारी गराइएको सो कार्यक्रममा १२८ जना खेलाडीहरूले भाग लिनेछन भने प्रथम पुरस्कार ५५०००।-,द्वितीय पुरस्कार २५०००/- र तृतीय पुरस्कार दुईजनालाई क्रमश: ७५००/- ७५००/-राखिएको छ भने हाइएस्ट ब्रेकरलाई ५०००/- पुरस्कार दिने व्यवस्था भएको कार्यक्रमका सञ्चालक सविन जिसीले जानकारी दिनुभएको थियो।
संघका उपाध्यक्ष रामजी सुनार ले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम मा आनन्द शाही, सुन्दर श्रेष्ठ ,धीरज सुनार लगायत समग्र खेलाडीहरूको उपस्थितिमा भएको उद्घघाटन कार्यक्रम सकिए लगत्तै खेल सुरु भएको थियो।









प्रतिक्रिया