पौष १९, पोखरा
आज पोखरामा रास्वपाले आयोजना गरेको वृहत कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसबाट नेता कुमार खड्का र नेकपा एमालेबाट पुष्पराज अधिकारी लगायतका नेता कार्यकर्ता हरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नु भएको छ।
भेटघाट कार्यक्रम भनिएपनि विशेषगरी आजको कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी प्रवेश कार्यक्रमलाइ नै सफलतापूर्वक हेरेको देखिन्थ्यो। नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनिसकेका कुमार खड्का सहित एमाले नेता पुष्प राज अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मीलन थापा रास्वपा प्रवेश गर्नुभएको थियो। उहाहरूलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीको लोगो लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो।
राजनीतिक हिसाबले कुमार खड्का अखण्ड नेपाल पार्टीबाट संघीय महिला बालबालिका मन्त्री बनेपछिको समय काँग्रेसमा समाहित हुनुभएको थियो। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट गण्डकी प्रदेश का समानुपातिक सांसद बन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत भइसक्नु भएको कुमार खड्का यतिबेला भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ ।
गण्डकी प्रदेशको मन्त्री बनेपछि आफ्नो क्षेत्रलाई विकास गर्नुपर्छ भन्ने मान्यताले अगाडि बढ्नु भएका कुमार खड्कालाई विकासको अर्को नाम भनेको कुमार भनेर पनि चिनाउँदा फरक नपर्ने स्थानीय हरुले बताउँछन्।
तीन बर्ष अघि कुमार खड्कालाइ नेपाली कांग्रेस पार्टीभित्र अन्तर्घात गरेको आरोपमा अनुशासनको कारवार्ही गर्दै पार्टीबाट नै निष्कासन गरेको पीडाले रातदिन पिरली रहेको बताउनु हुने कुमार खड्काले आफूलाई नखाएको विष खुवाएको र पार्टीले कोठामा थुनेर ढोका लगाइदिएपछि आफूलाई उड्न मन भएको तर पार्टीले कोठामा थुनी उकुसमुकुस बनाएको ले बाध्यात्मक अवस्था सिर्जना भइ केही समय राजनैतिक शून्यतामा रहँदै आउनुभएको उहाँ अन्तत आज रास्वपा प्रवेश गर्नु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँको प्रवेशले कास्कीमा पुराना दललाई राजनितीक धक्का लाग्ने देखिएको छ। बिगत २०७९ मा भएको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उठेका प्रदेश सांसदका उम्मेदवार हालका प्रदेश मन्त्री विन्दुकुमार थापालाइ हराउन लागेको भन्दै खड्का कारबाही गरिएको थियो।
कुमार खड्का क्षेत्री समाजका केन्द्रीय महासचिव हुँदै गर्दा त्यस समयमा भएको आन्दोलनको जगमा निर्माण गरिएको अखण्ड नेपाल पार्टी चुनावमा होमिएपछि सो पार्टीबाट १ जना मात्र समानु पातिक सांसद बनेर संघीय संसद छिर्नुभएका खड्का चुनाव अघि कांग्रेसमा विलय हुँदै गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्री बन्नु भएको थियो।
त्यस्तैगरी आजै नेकपा एमालेबाट बिगतमा भएको स्थानीय चुनावमा पोखरा महानगर पालिकाको मेयरका आकांक्षी बनेका पुष्पराज अधिकारी रास्वपा प्रवेश गर्नुभएको छ। उहाँ राजनीतिक रूपमा एमालेको सक्रिय कार्यकर्ता र व्यावसायिक हिसाबले रुपाकोट रिसोर्टका सञ्चालक पनि हुनुहुन्छ। भर्खर मात्रै नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य बन्न पुगेका र आगामी चुनावमा संसदीय निर्वाचनमा जित उद्घघोष गर्न तयार रहेको एमालेलाई पुष्पराज अधिकारीको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशले ठूलै धक्का पुग्ने आकलन स्थानीयहरुले गरेका छन्।









प्रतिक्रिया