लौरुक खोला पुलको सिलन्यास, प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्य

लौरुक खोला पुलको सिलन्यास, प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्य

परिबर्तन न्युज
१९ पुष २०८२ बजे
परिबर्तन न्युज
१९ पुष २०८२

पौष १९, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २४ को लौरुक खोला पुलको शिलान्यास मेयर धनराज आचार्यले आज शिलान्यास गर्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाको मेयर धनराज आचार्य ले शिलन्यास गर्दै एक वर्ष भित्र बनाइसक्नुपर्ने सो पुलको सम्झौता २०८२ पौष १३ गते भएको र सम्पन्न गर्नुपर्ने २०८३ पौष १३ गते भएको जानकारी दिनुभयो।

करिब ३ करोड ७१ लाख को बजेटमार्फत् पोखरा महानगरपालिका को लगानिमा लौरुक खोला पुल निर्माण एक वर्ष भित्रमा भइसक्नु पर्ने बताउँदै यो पुल बनिसकेपछि यहाँका स्थानीय बासी र पर्वतसम्म पुग्ने हाइवेको रूप लिइसकेको बाटो भएको हुनाले यो पुल बन्दा लाखौं जनसमुदायहरू लाभान्वित हुने बताउनुभयो।

Advertisement:Ad
Advertisement:Ad

पुल सिलन्यासको क्रममा प्रमुख अतिथि मेयर धनराज आचार्यले यस वार्ड कार्यालयका वडाध्यक्ष र स्वयं म आफूले पनि यो पुल बन्नुपर्ने कुरामा विगत चुनावकै बेलामा पनि वचन दिएको हुनाले आवश्यकता पनि भएको हुनाले अहिले यो पुल को सिलन्यास गर्न पाउँदा धेरै नै खुसी भएको बताउनुभयो।

पर्यटकीय सहर त्यो पनि गण्डकी प्रदेशको राजधानी भनिरहँदा फेवातालको काखमा रहेर बोल्दा आफ्नै अगाडि डोजरले खनेको देखिएको ठाउँ देख्दा आफूलाई दुःख लागेको बताउँदै मेर धनराज आचार्यले हरेक जनताले सामान्यतया आफूले प्रयोग गर्नको लागि एक दिनको डोजर चलाउनको लागि होस् या मनासिब कामको लागि महानगरका इन्जिनियरसँग सल्लाह गरेर काम गर्न सकिने तर रातारात डोजर चलाउँदै ठूला गाडीहरुबाट अवैध रुपमा गरिएका काम हरु कुनै पनि स्वीकार्य नहुने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका भरतबहादुर अधिकारीले आज आफूले चुनाव जितेभन्दा यो पुलको सिलन्यास गर्दा अझै बढी खुसी भएको व्यक्त गर्नुभयो। वार्डमा धेरै गर्नुपर्ने कामहरू छन् लिफ्टिङ खानेपानी, शिक्षा या स्वास्थ्य हरेक विषयमा काम गरेर छाड्नुपर्ने बाध्यात्मक अवस्था छ। यी सबै विषयमा कुरा उठान हुँदा मर  मेयर साहेब बिच कुराहरु नमिल्कदा हिलेकाहीँ टकराव हुने गर्छन् तर पनि मेयर साहेबले अभिभावकत्व जनाउँदै पोखरा २४ लाई धेरै माया गर्नु भएको हुनाले नै आज यो पुल शिलन्यास गर्न सम्भव भएको बताउनुभयो।

पोखरा महानगरपालिका वार्ड नम्बर २४ का सचिव इन्द्र बहादुर जि सी ले निर्माण व्यवसायी बहादुर निर्माण सेवा प्राइभेट लिमिटेड पोखरा कास्की रहेको पुलको किसिम आर सी सी बक्स ब्रिज रहेको,  यसको लम्बाई २१.९ मिटर, चौडाई ८.४ मिटर हुनुपर्ने र नदी नियन्त्रण ६१४ घनमिटर यसको पहुँच ३५४ घन मिटर रहेको जानकारी दिनुभयो।

पोखरा २४ का सचिव इन्द्र जि सि सन्चालन गर्नु भएको कार्यक्रम लाई पोखरा २४ का जनप्रतिनिधि रेसम सुबेदी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने महानगरका प्रमुख प्रशासकीय अधिकृत लगायत इन्जिनियर हरूले आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज