कास्कीमा ओली पक्षको एकछत्र कब्जा : ईश्वर पोखरेल दोस्रो भीम रावल बन्ने बाटोमा ?

कास्कीमा ओली पक्षको एकछत्र कब्जा : ईश्वर पोखरेल दोस्रो भीम रावल बन्ने बाटोमा ?

परिबर्तन न्युज
२० पुष २०८२ बजे
परिबर्तन न्युज
२० पुष २०८२

पौष २०, पोखरा

फागुन २१ गते हुने भनिएको आम निर्वाचनका लागि नेकपा एमाले को आन्तरिक निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवार हरुको सूचीमा अध्यक्ष केपी शर्मा ओली निकट समूहका उम्मेदवार हरू मात्र देखिएका छन् ।

Advertisement:Ad

नेकपा(एमाले )कास्की निर्वाचन क्षेत्र नं-१/२ र ३ बाट फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार सिफारिस अन्तर्गत प्रारम्भिक चरणमा दर्ता भएका नामावली ।

कास्की क्षेत्र नं-१. बैन बहादुर अधिकारी क्षेत्री, दिलिप न्यौपाने , मन बहादुर गुरुङ , पुष्पज्योति ढुंगाना , टिकाराम पङ्गेनी, पदम प्रसाद पौडेल , बाल सिंह काउछा मगर र नारायणी भट्टराई ‘रक्षा’ हुनुहुन्छ।

क्षेत्र नं-२ कृण्ण बहादुर थापा , प्रभा कोईराला, रश्मि आचार्य, मिना गुरुङ, सञ्जिव कोईराला, तेजनारायण अधिकारी , केशव आचार्य भेषराज बराल , बलराम आचार्य ,  झपट रानाभाट , राम प्रसाद सुवेदी हुनुहुन्छ।

क्षेत्र नं-३ देवि प्रसाद सुवेदी , माधव वास्तोला, लक्ष्मण बराल, भोज कुमारी थापा,  नन्दलाल अधिकारी , जगत बहादुर बिश्वकर्मा, धन बहादुर नेपाली, राजिव पहारी , कर्ण वहादुर गुरुङ,  दामोदर बैरागी, सुर्य खड्का बिखर्ची , डि. वि नेपालि, ओम प्रसाद सुवेदी हुनुहुन्छ ।

ओली निकट समूहका उम्मेदवार हरू मात्र देखिए पछि पोखरेल समुहका एक जना पनि नदेखिनु अथवा समेट्न नखोजिनुलाइ सामान्य संगठनात्मक घटना मात्र हो भन्न नसकिने बरु यस्ले पार्टी भित्र गम्भीर प्रश्न उठाएको छ कतै ईश्वर पोखरेल पनि क्रमशः दोस्रो भीम रावल बन्दै त छैनन् ?

इतिहास दोहोरिँदै त छैन, एक समय पार्टीभित्र सशक्त वैचारिक नेता मानिएका भीम रावल संगठन र निर्णय प्रक्रियाबाट क्रमशः अलग पारिँदै गए। अन्ततः उनी नेतृत्व तहमा प्रभावशून्य बने आज कास्की को परिदृश्य हेर्दा ईश्वर पोखरेलको अवस्थासँग त्यही राजनीतिक यात्राको खतरनाक समानता देखिन्छ।

राजनीतिक विश्लेषकहरुका अनुसार यस्तो हुनुमा पोख्रेल समुहको सबै जिल्लामा संगठनमा पकड  नहुन वा खस्किनु, उम्मेदवार छनोटमा प्रभाव नपर्नु, र केन्द्रसँग संवाद कमजोर हुनु यी सबै लक्षण अहिले पोखरेल पक्षमा एकैपटक देखिएको भएपनि कास्की चुनाव : जिल्ला होइन, यो त ७७ वटै जिल्लालाइ सन्देश हो भनेर बुझ्न सकिने बताएका छ।

कास्की एमालेको संगठनात्मक रूपमा अत्यन्त महत्वपूर्ण जिल्ला हो। यही जिल्लामा पोखरेल पक्षको उमेदवारी शून्य हुनु भनेको ईश्वर पोखरेल नेतृत्वलाइ कमजोर बनाउने हो भन्ने  बुझाइ भएपनि समग्र एमालेलाई फेरि पनि कमजोर बनाउने षड्यन्त्र भइरहेको रुपमा बुझ्न सकिने सिधा सन्देश हो।

राजनीतिक विश्लेषकहरूका अनुसार,“यो निर्वाचन पदका लागि होइन, पार्टीभित्र कसको भविष्य सुरक्षित छ भन्ने परीक्षण हो। ओलीको रणनीति प्रतिस्पर्धा हटाएर आफ्नो नियन्त्रण कास्कीमा देखाएको ले गर्दा एकपक्षीय उम्मेदवारीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको  विचार, बहस र प्रतिस्पर्धा बिना नेतृत्व चयन गर्नु ओली पक्षको स्थायी रणनीति बन्दै गएको संकेत यसबाट स्पष्ट हुन्छ भनिएको छ।

यसले एमालेभित्रको फरक धारलाई समेट्ने भन्दा पनि क्रमशः साइडलाइन गर्ने प्रवृत्ति बलियो बन्दै गएको देखाउँछ। त्यसो त राजनीतिक विश्लेषकहरू भन्ने गर्छन् पोखरेलको मौनता : विवेक कि विवशता ?सबैभन्दा चासोको विषय ईश्वर पोखरेलको निरन्तर मौनता हो भन्न सकिन्छ।

न संगठनात्मक प्रतिवाद, न सार्वजनिक असन्तोष, न आफ्ना समर्थकलाई उत्साहित गर्ने कुनै पहल।भीम रावल प्रकरणको सुरुआत पनि यस्तै मौनताबाट भएको थियो, जसको परिणाम अन्ततः राजनीतिक अलग बन्यो। आज पोखरेलको मौनताले पनि त्यही दिशातर्फ संकेत गरिरहेको त छैन।एमालेको यस किसिमको प्रवृत्तिले कास्की जिल्लालाई हिजो लालकिल्ला मान्ने एमालेहरू  चुनावमा सबै सिट गुमाउन पर्दाको अवस्थामा के होला भन्ने विषयले एमालेभित्र एउटा गहिरो प्रश्न छाडेको देखिन्छ।

यदि साँच्चिकै यही प्रवृत्ति एमाले भित्र निरन्तर रहि रह्यो भने, ईश्वर पोखरेल मात्र होइन, भविष्यमा अरू नेताहरू पनि भीम रावलको नियति दोहोर्याउन बाध्य हुन सक्छन्। जसले पार्टीलाई ठूलो क्षति  बनाउनेछ।

कास्कीमा ओली पक्षको एकछत्र आफू पक्षीय उम्मेदवारहरूको चयन गर्न सक्ने  केपी ओली समूहले आफ्नो मात्र संगठनात्मक जित नठानी पार्टीको जित हुनको लागि सबै मिलेर जानुको विकल्प नभएको हुनाले पार्टीभित्रको शक्ति पुनःसथापना गर्दै अगाडि बढ्नु को कुनै अर्थ नभएको एक नेताले हामीलाई बताउनुभयो।

यदि ईश्वर पोखरेल समुहलाइ केपी ओली समूह बाट निषेधका लागि निषेध गर्दै जाने हो भने ईश्वर पोखरेलका लागि मात्र नभई यो चुनाव ले सबै राजनीतिक कर्मीहरूलाई ‘टर्निङ पोइन्ट’ बन्ने कि भीम रावलको बाटोमा पुग्ने भन्ने विषय गम्भीर रूपमा उठ्न जरुरी छ यसको उत्तर भने कि त चुनावबाटै देखिएला ! के त पार्टीले समेटेर लैजाला अहिले पार्टी भित्रै बाट  बौद्धिक एमाले नेतृत्वहरू बाट त्यस किसिमको पात्र हरूको प्रश्न र उत्तर खोजिन थालिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज