महाधिवेशनको बारुदमा उभिएको नेपाली कांग्रेस : नेतृत्वको अहंकारले पार्टी फुटतर्फ ?

महाधिवेशनको बारुदमा उभिएको नेपाली कांग्रेस : नेतृत्वको अहंकारले पार्टी फुटतर्फ ?

परिबर्तन न्युज
२४ पुष २०८२ बजे
परिबर्तन न्युज
२४ पुष २०८२

पौष २४, काठमाडौँ

नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर चुलिँदै गएको आन्तरिक द्वन्द्व अब सामान्य गुट–उपगुटको झगडामा सीमित नरही पार्टी विभाजनको खतरनाक मोड तर्फ उन्मुख देखिएको छ।

Advertisement:Ad

‘लोकतन्त्रको पाठशाला’ भन्ने कांग्रेस आज आफ्नै घरभित्र लोकतन्त्रको अभ्यास गर्न असफल हुँदै गएको आरोप पार्टीकै नेताहरूले खुलेआम लगाउन थालेका छन्।महाधिवेशन कि शक्ति सन्तुलनको युद्ध भन्ने विषयमा ?

वास्तवमा महाधिवेशन पार्टीको नीति, विचार र नेतृत्व नवीकरणको थलो हुनुपर्ने हो। तर कांग्रेसमा महाधिवेशन सिद्धान्तको होइन, सत्ता र पदको लुछाचुँडी बनेको छ। संस्थापन र इतर समूहबीचको टकराव यति गहिरो छ कि सहमतिको भाषाभन्दा धम्की, दबाब र शक्ति प्रदर्शन हाबी भइरहेको छ।

शेरबहादुर देउवाको नेतृत्व दबाबमै पर्नुका कारणहरू पार्टीका नेताहरू खुलेरै भन्ने गर्छन् ‘पार्टीलाई निजी क्लबजस्तो बनाएर चलाएको’ आरोप तीव्र बन्दै गएको छ। लामो समयदेखि एउटै नेतृत्व वरिपरि घुमिरहेको कांग्रेसले नयाँ पुस्ता, नयाँ विचार र आन्तरिक लोकतन्त्रलाई थुनेको इतर समूहको ठहर छ।उता संस्थापन पक्ष भने ‘अनुशासन’ को नाममा फरक आवाजलाई दबाउने रणनीतिमा देखिन्छ, जसले असन्तुष्टि झन् विस्फोटक बन्दै गएको छ।

सडकदेखि बैठकसम्म असन्तोष पार्टीका जिल्ला तहदेखि केन्द्रीय समितिसम्म असन्तोषको ज्वालामुखी उम्लिरहेको छ। टिकट वितरण, जिम्मेवारी बाँडफाँड र निर्णय प्रक्रियामा पारदर्शिता नहुँदा धेरै नेता–कार्यकर्ता कांग्रेसभित्रै राजनीतिक शरणार्थी बनेका छन्। यही असन्तोषले भोलि ‘विद्रोह’ को रूप लिन सक्ने संकेतहरू स्पष्ट देखिन थालेका छन्।

इतिहास दोहोरिने संकेत ?नेपाली कांग्रेस फुटको इतिहासबाट अछुतो छैन। व्यक्तिगत अहंकार, सत्ता मोह र वैचारिक अस्पष्टताले यसअघि पनि पार्टी चिराचिरा भएको थियो। आज फेरि उही संकेत देखिनु संयोग होइन, नेतृत्वको असफलताको परिणाम हो।

फुट कि सुधार ? निर्णायक घडीमा नेपाली कांग्रेस यदि महाधिवेशन लाई निष्पक्ष, समावेशी र लोकतान्त्रिक बनाउन नेतृत्व चुक्यो भने कांग्रेस फुटको संघारमै पुग्ने विश्लेषकहरूको ठहर छ। सुधारको बाटो खुला छ, तर त्यसका लागि नेतृत्वले आफ्नो अहंकार त्याग्नुपर्छ नत्र कांग्रेसको संकट केवल आन्तरिक मात्र नभई राष्ट्रिय राजनीतिमा गहिरो असर पार्ने विस्फोट बन्नेछ।

अब प्रश्न स्पष्ट छ नेपाली कांग्रेस महाधिवेशनबाट पुनर्जागृत हुन्छ, कि नेतृत्वको हठका कारण इतिहासमै अर्को फुटको सिकार बन्छ ?

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज