फागुन २१,पोखरा
फागी २१ मा हुने आम निर्वाचनको लागि कास्की क्षेत्र नं. २ अन्तरगत पोखरा महानगरपालिका वडा नं. ९ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटिको संयोजकमा प्रेम गुरुङ र सहसंयोजकमा सरस्वती श्रेष्ठ चयन हुनुभएको छ।
आईतबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की क्षेत्र नं. २ का उमेद्वार रश्मी आचार्यको प्रमुख आतिथ्यतामा र एमालेका नेताहरु निर्वाचन परिचालन कमिटि क्षेत्र नं. २ का सहसंयोजक बलराम आचार्य, पोखरा महानगरपालिका कमिटि अध्यक्ष जिवन आचार्य, कास्की जिल्ला समिति सदस्य तथा पोखरा ९ का इन्चार्ज कमल श्रेष्ठ लगाएतको उपस्थितिमा प्रेम गुरुङको संयोजकत्वमा पोखरा ९ स्तरिय ३३५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
नेकपा एमाले पोखरा ९ विस्तारित बैठक कमिटि अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सचिव कृष्ण परियारले गर्नुभएको थियो ।






प्रतिक्रिया