माघ १२ काठमाडौँ
एकातिर चुनावी माहोल तातिरहेको छ भने अर्कोतर्फ नेपालको राष्ट्रिय झण्डा राजनीतिक खेलमा प्रयोग हुने ‘सजिलो उपकरण’ बनेको छ।
साँच्चिकै भन्नुपर्दा नजिकिँदै गरेको चुनावी कार्यक्रम को प्रचारप्रसार र चुनावी रणनीतिमा राष्ट्रिय झण्डाको अत्याधिक प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले आलोचना र विरोधको आँधी नै ल्याएको छ कानुन त एउटा कुनै चुनावी कार्यक्रममा बढीमा १० वटा भन्दा बढी झन्डा राख्न पाइँदैन।
राजनीतिक विश्लेषकहरू भन्छन्, “राष्ट्रिय झण्डा केवल राष्ट्रको पहिचान मात्र होइन, संवैधानिक मर्यादासँग जोडिएको प्रतीक हो। यसको चुनावी प्रचारका लागि अत्याधिक प्रयोगले राष्ट्रप्रति सम्मान र संवेदनशीलतालाई ठेस पुर्याउँछ।”
सरकारी निकाय मौन देखिएको विषयले अझै विवाद बढाएको छ। सामाजिक सञ्जाल र विपक्षी पार्टीहरू आलोचना गर्दैछन्—“जहाँ जनताको आवाज सुनिन्छ, त्यहाँ सरकार किन चुप छ? संवैधानिक जिम्मेवारी निभाउने बेलामा किन ढाकछोप?”
विश्लेषकहरू थप्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीको यो कदमले मतदातामा भ्रम र असमझदारी पैदा गर्ने खतरा रहेको छ। “राजनीतिक खेलमा झण्डा प्रयोग गर्नु सजिलो छ, तर संवैधानिक मर्यादालाई नाघ्दा त्यो खेलमा नैतिकता हराउँछ,” उनी भन्छन्।
यसर्थ पार्टीका चुनाव प्रचारप्रसार कार्यक्रमहरूमा गरिएका राष्ट्रिय झण्डा को दुरुपयोगले सबै पार्टीमा आउने विवाद लाई सरकारले बेलैमा ध्यान नदिने हो भने यस किसिमका विवादले सिर्जना सक्ने घटनाहरूलाई राज्यले थेग्न सक्ला हेर्न बाँकी नै छ। चुनावी उत्साहको पृष्ठभूमिमा राष्ट्रिय प्रतीकको रूपमा रहेको नेपालको झण्डा लाई सम्मान र सरकारी जवाफदेहीपनको ठूलो खाडल किन बनाउँदैछ सरकार।






प्रतिक्रिया