माघ १७,पोखरा
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियन सिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबल ले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग-यो ।
पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा-यो । तेस्रो बनेसँगै पर्वत भलिबल ले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ । अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् । यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना मा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियन सिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।






प्रतिक्रिया