Top Header Ad 1

टाइगर कपः आर्मीलाई हराउँदै पर्वत भलिबल तेस्रो

टाइगर कपः आर्मीलाई हराउँदै पर्वत भलिबल तेस्रो

परिबर्तन न्युज
१७ माघ २०८२ बजे
परिबर्तन न्युज
१७ माघ २०८२

माघ १७,पोखरा

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियन सिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।

Advertisement:Ad

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबल ले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग-यो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा-यो । तेस्रो बनेसँगै पर्वत भलिबल ले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ । अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् । यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना मा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियन सिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज