माघ १७ ,पोखरा
भोलिदेखि प्रतिभा मा.वि पोखराको आयोजना अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
प्रतिभा मा.वि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा मा.विका प्राचार्य किरण सापकोटाले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मा.वि र वाराही मा.वि बीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि नै हुने दोस्रो खेलमा ग्लोबल कलेजियट बिरुद्द बाल मन्दिर मा.वि प्रतिष्पर्धामा उत्रिनेछन् । कुल १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स मा.वि र छोरेपाटन मा.वि तथा मदरल्याण्ड र जनप्रिय मा.वि, माघ २० गते डायमण्ड मा.वि र बालमन्दिर मा.वि तथा नेपाल भारत मैत्री मा.वि र वाराही मा.वि, माघ २१ गते टप्स मा.वि र छोरेपाटन मा.वि तथा डायमण्ड मा.वि र ग्लोबल कलेजजियट, माघ २२ गते गुरुकुल र जनप्रिय तथा प्रतिभा मा.वि र नेपाल भारत मैत्री मा.वि र माघ २३ गते मदरल्याण्ड सेकेण्डरी र गुरुकुल विद्या सदन तथा कुमुदिनी होम्स र टप्स मा.वि प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिनुभयो।
हरेक समूहबाट बिजेता बनेकाहरुले सेमीफाइनल खेल्ने प्राविधिक पक्ष हेरिरहेका क्रिकेट संघ पोखरा महानगर समितिका संयोजक बिरेन पुनले जानकारी दिनुभयो। उनका अनुसार सेमीफाइनलमा समूह ए र सी तथ समूह बी र डी बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मा.वि र टप्स मा.वि, समूह ‘बी’ मा जनप्रिय मा.वि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मा.वि, समूह ‘सी’ मा आयोजक प्रतिभा मा.वि सहित नेपाल भारत मैत्री विद्यालय र वाराही मा.वि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मा.वि र बालमन्दिर मा.वि रहेका छन् ।
प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउन कोशेढुंगा सावित हुने विद्यालयको अपेक्षा छ । त्यस्तै उत्कृष्ट खेलाडीले अन्डर–१९ कास्की क्रिकेट टिममा पनि अवसर पाउने बताइएको छ ।प्रतियोगिताको सेमीफाइनल खेल माघ २३ गते हुने जनाइएको छ । प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिनुभयो ।






प्रतिक्रिया