माघ १९, पोखरा
फागुन २१ गते हुन लागेको निर्वाचनलाई मध्यनजर राख्दै पोखरा महानगर पालिका वडा नं. २४ कास्कीकोट नेपाली कांग्रेसले ७०१ सदस्यिय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ।
नेपाली कांग्रेस वडा नं २४ का पार्टी अध्यक्ष प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीकोटका अधिकांश समर्थक र भोटरहरुको उपस्थितिमा सो प्रचारप्रसार समिति निर्माण गरिएको हो।
कार्कीको संयोजकत्वमा बनेको ७०१ निर्वाचन परिचालन कमिटीमा नेपाली कांग्रेस -२४ का क्रियाशील सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरू, महासमितिका सदस्यहरू, महाधिवेशनका प्रतिनिधिहरु र विभिन्न जनवर्गीय संगठनहरुमा महिला, किसान, तरुणदल लगायतका सक्रिय सदस्यहरु सहित को संलग्नतामा सो समिति निर्माण गरिएको छ।
नेपाली कांग्रेस पार्टी वडा अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक प्रतापबहादुर कार्कीले नेपाली कांग्रेसका उम्मेदवार लाई जिताउनको लागि यो समिति कसिएर लाग्ने बताउनु भयो भने सो कार्यक्रमलाई भव्य र सभ्य रुपले नेपाली कांग्रेस वडा पार्टी सचिव चन्द्रेश्वर बस्ताकोटीले सञ्चालन गर्नुभएको थियो।






प्रतिक्रिया