माघ २२, पोखरा
नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ कास्कीले चुनावी प्रचार अभियान अन्तर्गत पोखराका विभिन्न वडामा चुनाव केन्द्रीत सम्पर्क कार्यालय स्थापना गरेको छ ।
नेकपा एमाले पोखराले वडा नं. ८, ९ र १६ मा आसन्न प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरेको हो । पोखरा १६ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टी आई पर्ने हरेक किसिमका चुनौतीहरु सामना गर्न तयार रहेको बताउनुभयो। एमाले अराजक गतिविधी र षडयन्त्रलाई प्रतिवाद गर्दै स्वच्छ प्रतिष्पर्धालाई स्वीकार गर्ने पार्टी रहेको बताउनुभयो ।
उमेद्ववार रश्मि आचार्यले भिड तन्त्रले देशलाई अधोगतीमा लैजाने दावी गर्दै, राष्ट्र र संविधान जोगाउने पार्टी नै एमाले भएको बताउनु भएको थियो। पर्यटन विकास मार्फत नै यस क्षेत्रले फड्को मार्न सक्ने बताउँदै पोखरा वरपरका क्षेत्रमा पर्यटन विकासका लागि आफुले मुख्य भुमिका खेल्ने स्पष्ट पार्नुभयो ।
आफु निर्वाचित भएपछि प्रत्येक वडामा पुगेर कम्तिमा छ/छ महिना मा जनतासँग छलफल गरी प्राप्त सुझाव र समस्यालाई सदन मार्फत सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा एमाले नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य प्रभा कोईराला, नेता मीना गुरुङ, दानबहादुर बानियाँ, चित्र थापा, बलराम आचार्य लगायतले समृद्ध र सुखी नेपालीको लक्ष्य एमाले नेतृत्वले मात्र पुरा गर्न सक्ने बताउनुभएको थियो।
स्थानीय नेता तथा कार्यकर्ताहरुको समउपस्थितिमा भएको कार्यक्रम मा वडामिटीका अध्यक्ष यमनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीपक आचार्यले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।






प्रतिक्रिया