सिड्नीमा नेपाली पसलमा चक्कु आक्रमण : एकको मृत्यु, एक महिला सहित दुइजना गम्भीर घाइते

सिड्नीमा नेपाली पसलमा चक्कु आक्रमण : एकको मृत्यु, एक महिला सहित दुइजना गम्भीर घाइते

परिबर्तन न्युज
५ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
५ फाल्गुन २०८२

फागुन ५, अस्ट्रेलिया

भर्खरै प्राप्त समाचार अनुसार अस्ट्रेलियाको मेरील्यान्ड सिड्नी स्थित एक नेपालीद्वारा सञ्चालित पसलमा अचानक चक्कु प्रहार हुँदा एक पुरुषको मृत्यु भएको छ भने एक महिला सहित दुइजना गम्भीर घाइते भएका छन्।

Advertisement:Ad

स्थानीय स्रोतका अनुसार घटना अकस्मात् भएको थियो। पसलमा प्रवेश गरेका एक व्यक्तिले अचानक अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। घाइते महिलाहरूलाई तत्काल अस्पताल लगिएको र उनीहरू को अवस्था गम्भीर रहेको बताइएको छ।

मृत्यु हुने पुरुषको नाम सार्वजनिक गरिएको छैन। घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति मानसिक सन्तुलन ठिक नभएको अस्ट्रेलियन नागरिक हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि भने भइसकेको छैन।

घटनाबारे New South Wales Police Forceले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको कारण, आक्रमणकारीको पहिचान तथा पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

अस्ट्रेलियाको मेरील्यान्ड सिड्नी स्थित नेपाली समुदाय घटनापछि त्रसित बनेको छ। पछिल्ला दिनमा बढ्दै गएको असुरक्षाबारे समुदाय ले चिन्ता व्यक्त गर्दै दोषी लाई कडा कारबाही गर्न माग गरेको छ।

यस घटनाले प्रवासी नेपालीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज