फागुन २७, काठमाडौं
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख भन्दा बढी मत पाइसकेको छ।
मतगणनाको पछिल्लो मत परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ।
रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
विगतमा राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरु भने यसपट निकै पछि परेका छन् । जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।







प्रतिक्रिया