फागुन २८,पोखरा
पोखरा ५ पर्स्याङमा रहेकोले वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालय ले विश्व महिला दिवस को दिनमा विविध कार्यक्रम गरी विश्व महिला दिवस मनाएको छ ।
विद्यार्थीहरु बिच प्यानल छलफल, नाटक तथा Women’s Quiz जस्ता कार्यक्रम गरिएको विद्यालयका निर्देशक रुद्र प्रसाद अधिकारी ले जानकारी दिनुभयो।
विद्यालयका छात्राहरुबिच प्यानल छलफलमा खुसी खड्का, पूर्णिमा अधिकारी, समृद्धि अधिकारी,अदिति अधिकारी र पुनम नेपाली वक्ताको रूपमा भाग लिएका थिए भने सहजीकरण विद्यालयकी शिक्षिका करुणा राना मगरले सहजीकरण गर्नुभएको थियो।
यस किसिमका कार्यक्रमले विद्यार्थीहरुको तार्किक शक्ति विकास हुने र आत्माबल बढ्ने कुरा विद्यालयका सह प्राचार्य आर.सी. अधिकारीले बताउनु भयो। विद्यालय तहमा यस प्रकारको कार्यक्रम पहिलो भएको र महिला हक अधिकारका कुरा उठान गरिने यस किसिमका कार्यक्रमहरूमा विद्यार्थीहरू स्वस्फूर्त सक्रिय रूपमा सहभागी भएको कुरा विद्यालय का प्राचार्य सन्तोष लामिछानेले बताउनु भयो।
महिला हाजिरी जवाफ कार्यक्रमलाइ बिद्यालयको शिक्षिका अमृता चालिसेले संचालन गर्नुभएको सो कार्यक्रममा महिला नेतृत्वको खोज तथा महिला सङ प्रत्यक्ष सरोकार राख्ने बिसयबस्तु मा आधारित उक्त हाजिरी जवाफ तिन तहमा छुट्याइएको थियो । कार्यक्रममा भाग लिएका१३ जना बिजेता लाई पुरस्कार पनि बितरण गरियको थियो|त्यसैगरी कक्षा ५ र ६ का विद्यार्थीले महिला हिँसा र बालबिबाहका विषयमा फरक फरक नाटक प्रस्तुत गरेका थिए।
विद्यालयका शिक्षक मञ्जु सुवेदीले अध्यक्षता गरेको कार्यक्रममा स्वागत मन्तव्य कक्षा ५ की छात्रा सुप्रिया मगरले र महिला दिवसको बारेमा कक्षा ९ की छात्रा प्रियंका भण्डारीले राख्नु भयको थियो। कक्षा ७ की छात्रा अपेक्षा लामिछानेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।







प्रतिक्रिया