Top Header Ad 1

इनीशा हत्या प्रकरण, निर्मला हत्या प्रकरण जस्तो नबनोस-हरेक बाबुआमाले छोरीलाई पनि छोरा जस्तै शाहसिक बनाएर हुर्काउनुपर्छ

इनीशा हत्या प्रकरण, निर्मला हत्या प्रकरण जस्तो नबनोस-हरेक बाबुआमाले छोरीलाई पनि छोरा जस्तै शाहसिक बनाएर हुर्काउनुपर्छ

इनिसा हत्या प्रकरण: पोस्टमार्टम रिपोर्टपछि उठेका प्रश्न—दोषीलाई कारबाही गर्न कानुन कमजोर कि इच्छाशक्ति ?

परिबर्तन न्युज
२८ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२८ फाल्गुन २०८२

फागुन २८, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा वि क को बलात्कार पछि हत्या भएको घटनाले देशभर आक्रोश बढाएको छ।

Advertisement:Ad

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरे पनि सबै १८ वर्षमुनिका नाबालक भएको बताइएको छ।घटनापछि अहिले सबैभन्दा ठूलो प्रश्न उठिरहेको छ न्यायको प्रक्रिया छिटो अघि बढ्छ कि फेरि पनि कानुनी प्रक्रियाको नाममा समय बिताइदिन्छ ?

अनुसन्धानमा संलग्न स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टले किशोरीमाथि यौन हिंसा भएको र त्यसपछि हत्या गरिएको संकेत दिएको बताइएको छ। यही आधारमा प्रहरीले घटनालाई बलात्कार पछि हत्या को रूपमा अनुसन्धान गरिरहेको छ। रिपोर्ट आएपछि पनि अनुसन्धान प्रक्रिया अपेक्षाकृत ढिलो भएको भन्दै स्थानीय र अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेका छन्।

पक्राउ परे पनि ‘उमेर नपुगेको’ बहाना ?प्रहरीले पक्राउ गरेका चारै जना नाबालक भएको तथ्य सार्वजनिक भएपछि अर्को बहस सुरु भएको छ।

कानुनी प्रक्रियामा उनीहरूलाई बाल न्याय प्रणाली अन्तर्गत कारबाही हुने भएकाले सजायको स्वरूप फरक हुन सक्छ।तर आलोचकहरू भन्छन्-“गम्भीर अपराधमा पनि उमेरको आधारमा नरम व्यवहार गर्ने हो भने पीडितलाई न्याय कसरी मिल्छ ?”

इनिसाकी आमाले छोरीको हत्यामा संलग्नलाई कडा कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएकी छन्।उनको भनाइ छ—“छोरीलाई न्याय नदिए हामी सडकमा उत्रिन बाध्य हुन्छौं।” स्थानीयस्तरमा पनि यो घटना केवल एउटा आपराधिक घटना मात्र नभई राज्यको न्याय प्रणालीको परीक्षण बन्न थालेको छ बलात्कारी लाई कारबाही गर्न नयाँ कानुन चाहिन्छ ?

यस घटनाले अर्को गम्भीर प्रश्न उठाएको छ बलात्कार र हत्या जस्ता अपराधमा कडा कारबाही गर्न नेपालमा कानुन नै कमजोर छ, कि कार्यान्वयन कमजोर छ ?

कानुनविद्हरूका अनुसार नेपालमा बलात्कार, हत्या र बाल यौन हिंसासम्बन्धी कडा कानुनी व्यवस्था पहिले नै छ। समस्या नयाँ कानुनको अभावभन्दा पनि अनुसन्धानको ढिलाइ, प्रमाण संकलनमा कमजोरी र राजनीतिक–सामाजिक दबाब मा देखिन्छ।

निष्कर्षको रुपमा इनिसा हत्या प्रकरणले फेरि एउटा पुरानो प्रश्न दोहोर्याएको छ नेपालमा हरेक बलात्कार र हत्या पछि आन्दोलन हुन्छ, आश्वासन दिइन्छ, तर न्याय प्रणालीले पीडितलाई छिटो र कडा न्याय दिन सकेको छ कि छैन ?

अब देश जनताले हेर्दैछन इनिसाको न्याय पनि निर्मला पन्तको घटनाजस्तै समयसँगै हराउँछ कि यसपटक दोषीहरू साँच्चै कानुनको कठघरामा पुग्छन् ?

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज