Top Header Ad 1

कृष्ण थापा को हृदयघातका कारण आज दुःखद निधन: स्तब्ध कास्की

कृष्ण थापा को हृदयघातका कारण आज दुःखद निधन: स्तब्ध कास्की

परिबर्तन न्युज
२८ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२८ फाल्गुन २०८२

फागुन २८, पोखरा

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण बहादुर थापा को हृदयघातका कारण आज दुःखद निधन भएको छ।

Advertisement:Ad

जानकारी अनुसार, नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा चलिरहेको समीक्षा बैठकमा बोल्दै गर्दा अचानक अप्ठ्यारो महसुस भई अस्वस्थ भएपछि उहालाई तत्काल उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो।

अस्पताल  पुर्‍याएको केही क्षणपछि चिकित्सकहरूले उहालाई मृत घोषणा गरेका थिए। मणिपाल अस्पताल स्रोतका अनुसार अस्पताल पुर्‍याउँदासम्म उनको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ।

एक जिम्मेवार नेता बैनबहादुर क्षेत्री अधिकारीले मणिपाल अस्पतालबाट प्राप्त जानकारीका आधारमा थापाको हृदयघातका कारण निधन भएको पुष्टि गर्नुभएको छ।

कृष्ण थापा नेकपा एमालेका केन्द्रीय सदस्य ,पोखराको मेयर ,प्रदेश सांसद लगायतका विभिन्न पदहरूमा रही लामो समयदेखि जनप्रतिनिधि र राजनीतिक जीवन बिताएका नेता हुनुहुन्थ्यो। उहाको निधनले पार्टी र राजनीतिक वृत्तमा शोकको वातावरण सिर्जना भएको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन।मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज