Top Header Ad 1

९७ वर्षमा मोहन प्रसाद ओली को निधन, अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा

९७ वर्षमा मोहन प्रसाद ओली को निधन, अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा

परिबर्तन न्युज
२९ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२९ फाल्गुन २०८२

फागुन २९ , काठमाडौँ

नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

Advertisement:Ad

केही समयदेखि अस्वस्थ रहँदै आउनुभएका मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उहाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। साथै आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

मोहनप्रसाद ओलीको निधनप्रति सिङ्गो एमाले र विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गर्न थालेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज