Top Header Ad 1

राप्रपाका सर्तहरू मान्ने भए दुईतिहाइको सरकार बनाउन समर्थन गर्छौ- ज्ञानेन्द्र बहादुर शाही

राप्रपाका सर्तहरू मान्ने भए दुईतिहाइको सरकार बनाउन समर्थन गर्छौ- ज्ञानेन्द्र बहादुर शाही

परिबर्तन न्युज
२९ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२९ फाल्गुन २०८२

फागुन २९, जुम्ला

राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाबाट नवनिर्वाचित हुनुभएका सांसद ज्ञानेन्द्र बहादुर शाहीले बदलिदो परिवेशमा बन्दै गरेको रास्वपा सरकारले आफ्ना सर्तहरू मान्ने भए दुईतिहाइ को सरकार बनाउन समर्थन गर्ने बताउनुभएको छ।

Advertisement:Ad

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाका नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले देशको विद्यमान व्यवस्थामा आमूल परिवर्तनको माग गर्दै रास्वपा सरकारलाई समर्थन गर्न आफ्ना सर्तहरू सार्वजनिक गर्नुभएको छ।

निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शाहीले यदि सरकारले संविधान संशोधन गरेर प्रदेश संरचना खारेज, हिन्दू, बौद्ध र किराँतसहितको ‘वैदिक सनातन हिन्दू अधिराज्य’ घोषणा गर्नुपर्ने माग राखेका छन्। उनले भने, “सबै धर्मलाई समान हुने गरी हिन्दू राष्ट्र घोषणा गर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने हो भने राप्रपा सरकारलाई साथ दिन तयार छ। भन्नुभयो।

शाहीले आफू जुम्ली जनताको विश्वास जितेर आएको बताउँदै उनले जुम्लाको स्याउ र जडीबुटीको बजारीकरणका लागि संसदमा सशक्त आवाज उठाउने बताउदै आफू सरकारमा गए पनि नगए पनि भ्रष्टाचार अन्त्य र सुशासनका लागि संसदमा निरन्तर खबरदारी गरिरहने स्पष्ट पार्नुभयो।

करिब चार दसक पछि मुलुकमा स्थायी सरकार बन्ने आशा पलाएको भन्दै उहाँ ले नयाँ सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सुझाव दिदै यदि सरकारले जनभावना विपरीत काम गरेमा संसद बाटै सरकारको सशक्त विरोध गर्ने बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज