फागुन २९, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री कमल बहादुर शाहको तत्काल राजीनामाको माग गरेको छ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता खगराज भट्ट ले एक सरकारी अधिकारीसँग घुस मागेको आरोपसहितको भिडियो सार्वजनिक भइसकेपछि पनि मुख्यमन्त्री पदमा बसिरहनु नैतिक रूपमा स्वीकार्य नभएको टिप्पणी गर्नुभएको हो।
शाह नेपाली कांग्रेसका नेता हुन् र हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहनुभएको छ।तर हालै सार्वजनिक भएको एउटा भिडियो तथा आरोपपछि प्रदेश राजनीतिमा नयाँ विवाद सुरु भएको हो।
डिभिजन वन कार्यालयका प्रमुख कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिँदा सरुवा गरिएको आरोप लगाएपछि सुरु भएको घटनाक्रमलाई लिएर प्रतिपक्ष दलका नेता भट्टले हामीलाई यो विषय राम्रोसँग थाहा छ-“कुनै अधिकारी वा मन्त्री माथि गलत कार्यको आरोप लागेमा तुरुन्तै जवाफदेही बनाइनु पर्छ।तर स्पष्ट प्रमाण देखिँदा देखिँदै पनि मुख्यमन्त्री पदमै बसिरहनु स्वीकार्य नभएकोले उहाँले नैतिक आधारमा राजीनामा दिनुपर्छ” भन्नुभयो।
नेता भट्टले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले जनसेवा भन्दा भ्रष्टाचारमा बढी ध्यान दिएको आरोप पनि लगाउदै प्रदेश राजधानी घोषणा भएको वर्षौं बितिसक्दा पनि सरकारको ध्यान सेवा प्रवाह भन्दा पनि अन्य विषय तिर ध्यान केन्द्रित भएको बताउनुभयो।
तर मुख्यमन्त्री कमल बहादुर शाह ले भने उक्त आरोपलाई “आधार हीन र भ्रामक” भन्दै अस्वीकार गर्दै आउनुभएको छ। उहाले आरोप लगाउने अधिकारी कृष्ण भट्ट र रामचन्द्र कँडेलको विगत र अहिले पनि विवादास्पद रहेको दाबी गर्दै उहाहरूमाथि बिषेश अनुसन्धान गरि कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ सदस्य मध्य नेपालि कम्युनिष्ट पार्टी बाट २१ सदस्यसहित सबैभन्दा ठूलो दल हो। प्रतिपक्षले मुख्य मन्त्रीको राजीनामा माग गरेपछि कांग्रेस नेतृत्वको सरकारमाथि थप दबाब बढ्दै गएको छ।







प्रतिक्रिया