Top Header Ad 1

पोखरा ट्रेड मलको नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा

पोखरा ट्रेड मलको नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा

परिबर्तन न्युज
५ चैत्र २०८२ बजे
परिबर्तन न्युज
५ चैत्र २०८२

चैत्र ५, पोखरा

पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Advertisement:Ad

नयाँ सञ्चालक समितिमा अध्यक्षमा दीपक कुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका छन्।

नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। “हामीले व्यापार व्यवसायको बदलिँदो प्रवृत्तिलाई ध्यानमा राख्दै मलभित्रका सेवा तथा सुविधालाई थप स्तरोन्नति गर्नेछौं,” उनले भने, “ग्राहकको सन्तुष्टि र व्यवसायीको सहजता नै हाम्रो मुख्य लक्ष्य हुनेछ।”

त्यस्तै, प्रबन्ध निर्देशक थापाले मललाई पोखराको उत्कृष्ट व्यापारिक गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरे। “हामी डिजिटल प्रविधिको प्रयोग, प्रभावकारी व्यवस्थापन प्रणाली र आकर्षक व्यापारिक वातावरण निर्माणमा जोड दिनेछौं,” उनले भने, “नयाँ योजनामार्फत ग्राहकको आकर्षण बढाउनुका साथै व्यवसायीहरूलाई पनि थप अवसर सिर्जना गरिनेछ।”

नवगठित समितिले व्यापार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम, छुट योजना तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ। साथै, मलभित्रको पूर्वाधार सुधार, पार्किङ व्यवस्थापन र सुरक्षालाई अझ सुदृढ बनाउने योजना समेत अघि सारिएको छ।

स्थानीय व्यवसायी तथा उपभोक्तामाझ नयाँ समितिले सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ। पोखरा ट्रेड मललाई अझ सशक्त र आकर्षक व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्यसहित नयाँ नेतृत्वले आफ्नो कार्ययोजना अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज