चैत १४, काठमाडौं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि आवश्यक सबै कागजातको तयारी पूरा भएको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीले आवश्यक पर्ने सबै प्रक्रिया पूरा भइसकेको जानकारी प्राप्त भएको छ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।
नयाँ सरकार बने लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेअनुसार नै सरकार अगाडि बढिरहेको देखिएको हो।
मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस पत्र तयार गरेको थियो ।







प्रतिक्रिया