Top Header Ad 1

लागू औसतसहित विभिन्न ठाउँबाट नौ जना पक्राउ

लागू औसतसहित विभिन्न ठाउँबाट नौ जना पक्राउ

परिबर्तन न्युज
१८ चैत्र २०८२ बजे
परिबर्तन न्युज
१८ चैत्र २०८२

चैत्र १८, काठमाडौँ

लागू औषध सहित  झापाको भद्रपुर, मोरङको उर्लाबारी, बाराको जितपुर, तनहुको आबु खैरनी र पर्साको वीरगञ्जबाट नौ जना लागू औषध सहित पक्राउ परेका छन्।

Advertisement:Ad

झापाको भद्रपुरबाट खटिएको प्रहरीले भद्रपुर नगरपालिका – ५ नयाँ बजारबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १२० मिलिग्राम सहित बसपार्क नजिकै बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी बाट खटिएको प्रहरीले उर्लाबारी नगरपालिका-७ बरगाछीबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१० मिलिग्राम र नगद ६ हजार ७५० रुपैयाँसहित सोही नगरपालिका-७ नमुना टोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाराको जीतपुर इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले बीरगञ्ज उपमहानगरपालिका-१० नितनपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्राम सहित वीरगन्ज महानगरपालिका-२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

यस्तैगरि इलाका प्रहरी कार्यालय आफू खैरेनीबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका-२ ढापटारबाट लागू औषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुलसहित गोरखा, गोरखा नगरपालिका-१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङ लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ बाट नियन्त्रित लागू औषध डाईजेपाम २०० एम्पुल, बुप्रेनोर्फिन २०० एम्पुल र प्रोमेथाजाइन २०० एम्पुलसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका ४ बस्ने ३२ वर्षीय केवल गोसाईं रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरी पुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसै गरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज