Top Header Ad 1

नेकपा एमालेमा नेतृत्व परिवर्तन : ओलीको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष र संसदिय दलको नेतामा थापा

नेकपा एमालेमा नेतृत्व परिवर्तन : ओलीको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष र संसदिय दलको नेतामा थापा

परिबर्तन न्युज
१८ चैत्र २०८२ बजे
परिबर्तन न्युज
१८ चैत्र २०८२

चैत १८, काठमाडौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आफ्नो अनुपस्थिति मा पार्टी नेतृत्व सम्हाल्न उपाध्यक्ष राम बहादुर थापा बादल लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

Advertisement:Ad

हाल ओली कानुनी प्रक्रियाका कारण हिरासतमा रहेका बेला पार्टी सञ्चालनमा सहज होस भनि यो निर्णय गरिएको हो। ओलीले नै थापालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी पत्र लेखेर पठाउनु भएको थियो।

यसैबीच, एमालेको संसदीय दलको नेतामा पनि राम बहादुर थापा ‘बादल’ नै चयन हुनु भएको छ। प्रतिनिधिसभा र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी समेत उहालाई दिइएको छ।

ओलीमाथि गत वर्षको ‘जेनेरेशन–जेड’ आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान भइरहेका कारण उहाँ अहिले हिरासतमा हुनु हुन्छ। त्यसकै कारण पार्टीभित्र अस्थायी नेतृत्वको आवश्यकता परेको ले सो निणर्य गरेको हो।यस निर्णयसँगै एमालेले आफ्नो संगठनात्मक र संसदीय दुबै मोर्चाको नेतृत्व थापाको हातमा सुम्पिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज