चैत्र २०, काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डोल प्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको छ।
संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा डोल प्रसाद अर्यालको एकल उम्मेदवारी परेको कारण उहाँ निर्विरोध निर्वाचित हुनु भएको छ।
सङ्घीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । त्यो समयमा अर्यालले मात्र मनोनयन दर्ता भएको थियो।
डोल प्रसाद अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने तथा समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले हस्ताक्षर गर्नुभएको थियो ।
प्रतिनिधिसभाबाट आधिकारिक रुपमा सभामुख पदमा निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा गरिने जानकारी दिइएको छ।







प्रतिक्रिया