Top Header Ad 1

मन्त्री गनेश पौडेलको कार्य कक्षमा प्रवेश गर्दा विद्युतीय सामग्री लिएर जान निषेध

मन्त्री गनेश पौडेलको कार्य कक्षमा प्रवेश गर्दा विद्युतीय सामग्री लिएर जान निषेध

परिबर्तन न्युज
२० चैत्र २०८२ बजे
परिबर्तन न्युज
२० चैत्र २०८२

चैत २०, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको मन्त्रालयले कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरिएको छ ।

Advertisement:Ad

मन्त्रालयको कामकाजलाइ व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्ष भित्र प्रवेश गर्दा मोबाइल फोन लगायतका विद्युतीय उपकरणहरु लिएर भित्र जान नपाइने जानकारी गराउँदछु भन्दै पौडेलले स्टाटस नै लेख्नु भएको छ।

विभिन्न समयमा जनताको काम लिएर मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले म सँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेको तितो सत्य बाहिर आएपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छु भनि लेख्नु भएको छ ।

त्यसो त उहाँले मन्त्रालय र अन्य स्थानमा भेटघाट भएको समयमा खिचिएका सौहार्दपूर्ण तस्वीरहरूलाइ समेत केही व्यक्तिले दुरुपयोग गरेकोले थाहा हुन आएको हुनाले यस्तो अप्रिय विषय उठान गर्नु परेको मन्त्री पौडेलले फेसबुक मार्फत जानकारी गराउनुभएको छ।

सार्वजनिक रूपमा खिचिएका तस्बिरहरू देखाउँदै मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको भन्ने सूचना प्राप्त भएकोले पनि म र सचिवालय टीमको गम्भीर ध्यानाकर्षण भएको हुनाले पनि यसो गर्न परेको फेसबुक मार्फत जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज