Top Header Ad 1

शंकर ग्रुप प्रकरण: शुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट नियन्त्रणमा लिइएको आशंका

शंकर ग्रुप प्रकरण: शुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट नियन्त्रणमा लिइएको आशंका

परिबर्तन न्युज
२२ चैत्र २०८२ बजे
परिबर्तन न्युज
२२ चैत्र २०८२

चैत २२ , काठमाडौँ

ठूला व्यापारिक घराना सँग सम्बन्धित अनुसन्धान थप गहिरिँदै गएको छ यसै क्रममा शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ।

Advertisement:Ad

यसअघि उहाको बुबा तथा व्यवसायी शंकर अग्रवाल लाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार नियन्त्रणमा लिएको थियो भने त्यसको भोलिपल्टै शुलभलाई पनि नियन्त्रणमा लिइएको दाबी स्रोतहरूको छ।

भैरहवाबाटै पक्राउ गरिएको संकेत उच्च स्रोतका अनुसार शुलभ अग्रवाललाई शनिबार भैरहवा बाट पक्राउ गरिएको हुनसक्ने प्रारम्भिक जानकारी आएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने अझै सार्वजनिक भएको छैन।

सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराईएको सम्पत्ति शुद्धी करण विभाग का महानिर्देशक गजेन्द्र ठाकुर ले शुलभ अग्रवाल अहिले विभागमै उपस्थित रहेको बताउनु भएको छ।उहाँको अनुसार अहिले उहाँ विभागमै हुनुहुन्छ, आवश्यक सोधपुछ भइरहेको बताउनु भयो यसले पक्राउपछि अनुसन्धानका लागि विभागमा ल्याइएको हुन सक्ने संकेत गर्छ।

अनुसन्धानको दायरा फराकिलो बनादै शंकर ग्रुपसँग जोडिएको यो प्रकरण सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ), अवैध आर्थिक कारोबार तथा कर छलिसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।अनुसन्धानमा प्रहरी र सम्बन्धित निकायहरूले समन्वय गरी काम गरिरहेका छन्।

अझै पनि आधिकारिक रूपमा औपचारिक रूपमा कहिले र कहाँ बाट पक्राउ गरियो?उहाँमाथि लागेका आरोप के–के हुन्? शंकर ग्रुपका अन्य सदस्यहरू पनि अनुसन्धानको दायरामा छन् कि छैनन्? जस्ता प्रश्नहरूको जवाफ आउन बाँकी नै छ। स्रोतहरूका अनुसार आगामी केही दिनमा यो प्रकरणले थप केही खुलासा गर्न सकिने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज