Top Header Ad 1

कास्कीद्वारा भु- सेवा सम्बन्धि ब्यबसायीहरूसंग छलफल विभिन्न सेवाको अधिकतम शुल्क निर्धारण 

कास्कीद्वारा भु- सेवा सम्बन्धि ब्यबसायीहरूसंग छलफल विभिन्न सेवाको अधिकतम शुल्क निर्धारण 

परिबर्तन न्युज
२७ चैत्र २०८२ बजे
परिबर्तन न्युज
२७ चैत्र २०८२

चैत्र २७, पोखरा

भु- सेवा केन्द्र ब्यबस्थापन तथा सहजीकरण समिति  कास्कीद्वारा भु- सेवा सम्बन्धि ब्यबसायीहरूसंग छलफल तथा अन्तरक्रिया बैठक सम्पन्न भएको छ ।

Advertisement:Ad

कार्यक्रममा भु- सेवा केन्द्र ब्यबस्थापन तथा सहजीकरण समिति कास्कीका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भु -सेवा प्रदायक संस्था तथा सदस्यहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आउने गरेको भन्दै एउटा निश्चित दर रेट र मापदण्ड तोकेर काम गर्नु पर्ने उल्लेख गर्नुभयो ।

भु सेवा प्रदायक संस्था जनताले सेवा प्राप्त गर्ने सबालमा सहजकर्ता भएको हुदा गैर कानुनी र अनाधिकृत सेवा प्रबाह त्याग्नु पर्ने उल्लेख गर्दै ब्यबसायीहरूका समस्या सम्बन्धमा समिति गम्भीर भएको भन्दै समाधानका लागि आबश्यक समन्वय गर्ने उल्लेख गर्नुभयो ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रचलित नियम कानुन मुताबिक संचालित भु सेवा केन्द्र सम्बन्धि ब्यबसाय ब्यबस्थित गर्नुपर्ने उल्लेख गर्दै भएका कमिकमजोरी निराकरण गर्न आग्रह गर्नुभयो ।

नियम कानुन समय सापेक्ष परिबर्तन हुने र त्यसको पूर्ण पालानाको बिकल्प नभएको उल्लेख गर्नुभयो ।जिल्ला समन्वय अधिकारी नवराज बरालले ब्यबस्थित सेवा प्रबाहमा ब्यबसायीहरू थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

बैठकले भु सेवा सम्बन्धि विभिन्न सेवाहरूको अधिकतम शुल्क समेत निर्धारण गरेको छ। यसरी निर्धारण भएका सेवा शुल्कमा सबै प्रकारका नामसारी ,सबै प्रकारका राजिनामा बापत अधिकतम रू तीन हजार पाँच सय ,धितो बन्धक बापत रू एक हजार पाँच सय, रोक्का पत्र बापत रू पाँच सय ,अदालतको फैसला ,मिलापत्र ,बैंक बित्तिय संस्थाको लिलाम दा.खा. बापत रू चार हजार ,तीन जना सम्म अंशियार सम्मको अंश भरपाइको तीन हजार पाँच सय ,विविध निवेदन ,घर कायम संसोधन प्रतिलिपी रूप एक हजार तोकिएको छ। त्यसैगरी श्रेस्ता कायम निशुल्क , फाइल र टिकट दस्तुर बापत अधिकतम रू पचास तोकिएको छ।

बैठकले उपर्युक्त निर्धारित अधिकतम शुल्कमा रातो अपाङ्ग परिचयपत्र हुने सेवाग्राहिलाइ पचास प्रतिशत र निलो परिचयपत्र हुनेलाई तीस प्रतिशत सम्म तथा अति बिपन्नलाई पचास प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

तोकिएको दररेट सबै सबै भु सेवा केन्द्रहरूमा सेवाग्राहीहरूले प्रष्ट देख्ने गरी फ्लेक्स पृन्ट गरेर राख्ने प्राबधान समेत तोकिएको छ।

बैठकमा भु- सेवा सम्बन्धि कार्य गर्ने भु सेवा केन्द्र संचालक तथा प्रतिनिधिहरूले सेवा प्रबाहका सम्बन्धमा भोग्नु परेका समस्या ,समाधानका उपायहरूका सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा मालपोत कार्यालय पोखरा र लेखनाथले भु सेवा सम्बन्धि कानुनी ब्यबस्थाका बारेमा प्रकश पार्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अबसरमा कास्कीस्थित भु सेवा सम्बन्धि कार्य गर्ने सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि ,उद्ध्योग बाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कास्कीस्थित भु -सेवा सम्बन्धि ब्यबसायीहरूको उपस्थिति रहेको थियो ।

बैठक भु- सेवा केन्द्र ब्यबस्थापन तथा सहजीकरण समिति कास्की का संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज